सोलुखुम्बुको थामेमा बाढीका कारण अवरुद्ध भएको टेलिकमको मोबाइल सेवा संचालनमा आयो

  • Technology Khabar | ३ भाद्र २०८१, सोमबार
सोलुखुम्बुको थामेमा बाढीका कारण अवरुद्ध भएको टेलिकमको मोबाइल सेवा संचालनमा आयो

काठमाडौं ।

बाढीका कारण अवरुद्ध भएको सोलुखुम्बु जिल्लाको थामेमा मोवाइल सेवा नेपाल टेलिकमले संचालनमा ल्याएको छ।

सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएको थियो।

नेपाल टेलिकमले उक्त बीटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको जनाएको छ।

हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बीटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित भईसकेको टेलिकमले जानकारी दिएको छ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए।

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार