Technology Khabar २ भाद्र २०८१, आईतवार
काठमाडौं ।
सफ्टबैंकले इन्टेलसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप उत्पादन गर्ने योजनालाई रोकेको छ।
यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै एफटीले रिपोर्ट गरेअनुसार, इन्टेलले गति र भोल्युमको लागि सफ्टबैंकको आवश्यकताहरू मिलाउन संघर्ष गरेपछि साझेदारी असफल भयो, किनकि जापानी फर्मले एनभिडियासँग प्रतिस्पर्धा गर्न खोजेको देखिन्छ।
कम्पनीले अब ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) सँगको छलफललाई पुनः केन्द्रित गरिरहेको बताईएको छ।
सफ्टबैंकले आर्मको चिप डिजाइनलाई हालैको एआई सेमिकण्डक्टर (अर्धचालक)सँग जोड्ने प्रयासलाई तिब्रता दिइरहेको छ।
प्रकाशित: २ भाद्र २०८१, आईतवार