
काठमाडौं ।
ह्वावेले ट्रिपल–फोल्डिङ स्मार्टफोनमा काम गरिरहेको उल्लेख छ। यसै क्रममा सीबीजी (कन्जुमर बिजनेस ग्रुप) डिभिजनका सीईओ रिचर्ड यूको हातमा उक्त डिभाइस रहेको एक फोटो देखा परेको जनाइएको छ।
ठीक एक हप्त पछि ह्वावे ट्रिपल–फोल्ड डिभाइसको फेरी अर्को एउटा नयाँ शट अनलाइनमा देखा परेको जनाइएको छ र यस बिन्दुमा हालको “लीकहरू” आकस्मिक भने नभएको हुन सक्ने उल्लेख गरिएको छ।
उक्त फोटोमा कार्यकारीले डिभाइसलाई फोल्ड फर्ममा समातिरहेको देख्न सकिने जनाइएको छ। उक्त डिभाइस अत्यन्त पातलो हुनुका साथै त्यसमा एक बल्जिङ क्यामरा आइल्याण्ड देख्न सकिने उल्लेख गरिएको छ।
यो डिभाइसमा १०–इन्चको फोल्ड गर्न मिल्ने डिस्प्ले हुने अपेक्षा गरिएको छ। साथै चौथो त्रैमासको मध्य वा पुछराका लागि निर्धारित गरिएको मेट ७० सिरिज भन्दा अघि शरद ऋतुमा यो डिभाइस आइपुग्ने उल्लेख गरिएको छ।
त्यसैगरी क्यामरा आइल्याण्ड मेट एक्स५ सेटअप जस्तै समान रहेको देखिने जनाइएको छ। यद्यपि फोल्ड गरिएको फोन सामान्य व्यक्तिको हातमा त्यति धेरै थिक (मोटो) वा वाइड (चौडा) नदेखिएको थप उल्लेख गरिएको छ।
त्यसैगरी यो डिभाइस भित्र नयाँ सिलिकन–कार्बन टेक्नोलोजीको ब्याट्री समावेश गरिएको जनाइएको छ। साथै उक्त नयाँ सिलिकन–कार्बन टेक्नोलोजीको ब्याट्रीलाई यसअघि नै धेरै अन्य चीन–आधारित स्मार्टफोन कम्पनीहरूले अपनाइसकेको थप उल्लेख गरिएको छ।
यस ब्याट्रीले अझै आफ्नो परम्परागत प्रतिस्पर्धीहरूको सबैभन्दा फास्ट (छिटो) चार्ज गर्ने क्षमताहरूसँग मेल खान नसके तापनि यसमा उच्च ऊर्जा घनत्व रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १ भाद्र २०८१, शनिबार