घुस लिने कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

  • Technology Khabar | ३१ श्रावण २०८१, बिहीबार
घुस लिने कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।

आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।रासस

प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×