
काठमाडौं ।
काठमाडौं । नबिल बैंकले एशियन नेट कम्पनी लिमिटेड, जापानसँग विप्रेषणको कारोबारको लागि सहकार्य गर्ने भएको छ । सहकार्यको माध्यमबाट जापानमा रहेका नेपालीहरुले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुन सुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्ने बैंकले जानकारी दिएकोछ ।
जापानको टोकियोमा आयोजित समारोहमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिल कुमार खनाल र एशियन नेट कम्पनी लिमिटेड जापानका अध्यक्ष हिगासिदा शुजेनले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
नबिल बैंक वेष्ट्रन युनियनको नेपालमा रहेको एक मात्र प्रमुख एजेन्ट बैंक भएको जनाएको छ ।
प्रकाशित: ६ श्रावण २०७५, आईतवार