इरानले अमेरिकी राष्ट्रपतीय उम्मेदवारको संवेदनशील कागजात ह्याक गरेको भन्नेबारे एफबीआईले अनुसन्धान गर्दै

  • Technology Khabar | ३० श्रावण २०८१, बुधबार
इरानले अमेरिकी राष्ट्रपतीय उम्मेदवारको संवेदनशील कागजात ह्याक गरेको भन्नेबारे एफबीआईले अनुसन्धान गर्दै
तस्बिरः एपीन्युज

काठमाडौं ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईले अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पको अभियानले इरानले आफ्नो ‘इमेल ह्याक गरी संवेदनशील कागजात चोरेको’ भन्दै लगाएको आरोप सम्बन्धमा छानबिन गर्ने भएको छ।

ट्रम्पले यस प्रकारको आरोप लगाएङ्को ठिक भोलिपल्ट उक्त ह्याकिङमार्फत् वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतीय निर्वाचनकी अर्की उम्मेदवार कमला ह्यारिसको अभियानमा समेत पहुँच पुर्याउने प्रयास गरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्युजले उल्लेख गरेको छ।

एफबीआईले ट्रम्पको इमेल ह्याक र कागजात चोरी सम्बन्धमा ‘हामी एफबीआईले यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रस्ट पार्न चाहन्छौं’ भन्ने ब्यहोरासहितको एउटा संक्षिप्त विज्ञप्ति निकालेको छ।

उक्त अभियानले इरानको प्रत्यक्ष संलग्नता रहेको निश्चित प्रमाण पेश गर्न सकेको छैन तर अभियानले यो आरोप माइक्रोसफ्टले अमेरिकी राष्ट्रपति निर्वाचन अभियानलाई बिथोल्न विदेशी शक्तिहरुले प्रयास गरिरहेको भन्दै प्रतिवेदन पेश गरेको भोलिपल्ट बाहिर ल्याएको हो।

यस मामिलामा जानकार दुई व्यक्तिहरुले नाम नखुलाउने शर्तमा बताए अनुसार बाइडेन ह्यारिस अभियानमा पनि इरानी साइबर हमलाकरीले ह्याकको प्रयास गरेको र त्यसबारे एफबीआईले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

विदेशी शक्तिले इमेल ह्याक गरे-अमेरिकी राष्ट्रपतीय उम्मेदवार ट्रम्पको निर्वाचन अभियान

प्रकाशित: ३० श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार