
काठमाडौं ।
अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन एसईसी ले क्रिप्टोकरेन्सी कम्पनी नोभाटेक र यसका सह-संस्थापकद्वय (श्रीमान/श्रीमती) सिन्थिया र एड्डी पेशनविरुद्ध मुद्दा दायर गरेको छ।
नोभाटेक र यसका संस्थापकद्वयले विश्वभरका २ लाखभन्दा बढी लगानीकर्ताबाट झूटो आश्वासन दिएर ६५ करोड डलरभन्दा बढी रकम उठाएको एसईसीको आरोप छ।
यसरी फस्नेहरुमा धेरैजसो हैटी मूलका अमेरिकीहरुको समुदायका मानिसहरू रहेको बताइकएको छ। नोभाटेक र सिन्थिया पेशनले लगानीकर्ताहरूलाई उनीहरूको पैसा सुरक्षित हुने र पहिलो दिनदेखि नै नाफा हुने आश्वासन दिएका अन्तर्राष्ट्रिय समाचार संस्था ।रोयटर्सले उल्लेख गरेको छ। यो मुद्दाले क्रिप्टोकरेन्सी क्षेत्रमा हुने धोखाधडीप्रति चिन्ता व्यक्त गरेको छ।
उक्त मुद्दा ती संस्थापकद्वयले नयाँ उठाएको रकम पहिलेका लगानीकर्तालाई तिर्ने तथा प्रबर्द्धकहरुलाई कमिसन दिने र त्यसमार्फत् आफैंले लाखौं डलर कुम्ल्याएको भन्ने एसईसीको मुख्य आरोप रहेको छ। यो योजना सन् २०२३ मा नोभाटेक कम्पनी धरासायी हुनुअघि ४ वर्षसम्म चलेको रोयटर्सले जनाएको छ।
उक्त मुद्दा अमेरिकाको मायामीमा रहेको संघीय अदालतमा गत सोमबार दायर गरिएको हो। यसअघि न्यूयोर्कका न्यायाधीश लेटिशिया जेम्सले नोभाटेक तथा यसका संस्थापकद्वयमाथि १ अर्ब डलरभन्दा बढी रकम अपचलन गरेको आरोप लगाउँदै म्यानहाटनमा रहेको राज्य अदालतमा मुद्दा दायर गरेकी थिइन्।
प्रकाशित: ३० श्रावण २०८१, बुधबार