सिटिजन्स बैंकले पायो ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७’

  • Technology Khabar | ३ श्रावण २०७५, बिहीबार
सिटिजन्स बैंकले पायो ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७’

काठमाडौं ।

काठमाडौं । आइक्यानद्वारा उत्कृष्ट वार्षिक प्रतिवेदनको अवार्ड बैंकिङ क्षेत्रतर्फ सिटिजन्स बैंकले प्राप्त गरेको छ।

आइक्यानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बैंकलाई ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७’ प्रदान गरिएको हो। यसअघि बैंकले २०१५ मा साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्ट्स ९साफा० द्वारा बंगलादेशमा आयोजित कार्यक्रममा पनि ‘बेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्ड’ पाएको थियो।

बैंकले अवार्ड पाएसँगै वार्षिक प्रतिवेदन प्रकाशन उत्कृष्ट बनाउने, संस्थागत सुशासनलाई थप पारदर्शी बनाईने जनाएको छ।

बैंकले देशभर ७८ वटा शाखा, ७० एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित: ३ श्रावण २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार