अब दैनिक प्रयोग हुने वस्तुबाट सोलार प्यानल बन्न सक्ने

Technology Khabar २८ श्रावण २०८१, सोमबार

काठमाडौं ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले सौर्य ऊर्जाका क्षेत्रमा नयाँ आायाम पत्ता लगाएका छन्। विश्वविद्यालयको भौतिक विज्ञान विभागका वैज्ञानिकहरूले कुनै पनि वस्तुको अल्ट्रा–थिन लेयर (अति पातलो तह) निर्माण गरेका छन् जुन ठूलो सिलिकन–आधारित सोलार (सौर्य) प्यानलहरूको स्थानमा सूर्यको प्रकाश पहुँच भएका वस्तुहरूको बाहिरी भागमा लागू गर्न सकिने जनाइएको छ।

अल्ट्रा–थिन र फ्लेक्सिबल (लचिलो) फिल्म पेरोभ्स्काइटको लाइट–अजर्भिङ मेयेटिरियल (प्रकाश–सोस्ने तहहरू) स्ट्याक गरेर बनाइन्छ र जुन एक माइक्रोन भन्दा बढी मोटो हुन्छन्।

साथै यी नयाँ वस्तुहरू परम्परागत सिलिकन वेफरभन्दा १५० गुणा पातलो पनि छन् र यसले परम्परागत, सिङ्गल–लेयर (एकल–तह) सिलिकन फोटोभोल्टाइक्सभन्दा ५ प्रतिशत बढी एनर्जी––फिसियन्सी (ऊर्जा दक्षता) उत्पादन गर्न सक्ने अक्सफोर्ड विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“यो अप्रोचले फोटोभोल्टिक डिभाइसहरूलाई ४५ प्रतिशतभन्दा बढी क्षमता हासिल गर्न सक्षम बनाउन सक्छ,’ अक्सफोर्डको फिजिक्स विभागका पोस्टडक्टोरल फेलो डा. शाउफेङ हुले बताएका छन्।

सोलार एनर्जी टेक्नोलोजी (सौर्य ऊर्जा प्रविधि) को यो नयाँ तरिकाले सोलार एनर्जी (सौर्य ऊर्जा)को लागत पनि घटाउन सक्ने थप जनाइएको छ। तिनीहरूको पातलोपन र लचिलोपनको कारण तिनीहरूलाई लगभग कुनै पनि सतहमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।

यसले निर्माण र स्थापनाको लागत घटाउनुका साथै अधिक दिगो ऊर्जा उत्पादन गर्ने सोलार एनर्जी (सौर्य ऊर्जा) फार्महरूको संख्या बढाउन सक्ने थप उल्लेख गरिएको छ।

यद्यपि यो प्रविधि अझै पनि अनुसन्धानको चरणमा रहेको छ। विश्वविद्यालयले नयाँ डिजाइन गरिएको पेरोभ्स्काइट प्यानलहरूको दीर्घकालीन स्थिरताको बारेमा भने उल्लेख नगरेको जनाइएको छ।

पाँच वर्षमा ६ देखि २७ प्रतिशतसम्म सोलार एनर्जी (सौर्य ऊर्जा) दक्षता हासिल गर्नु एक प्रभावशाली उपलब्धि भए पनि फोटोभोल्टिक प्रविधिको तुलनामा स्थिरता सधैं सीमित रहेको अमेरिकी ऊर्जा विभागले उल्लेख गरेको छ।

सोलार एनर्जी मटेरियल एण्ड सोलार सेल विज्ञान जर्नलमा सन् २०१६ को अध्ययनले पनि पेरोभ्स्काइटले “कुशल, कम लागतमा ऊर्जा उत्पादन” प्रदान गर्न सक्छ तर मोयस्चर (ओस) प्रति संवेदनशील हुने भएकाले यसको स्थिरतामा समस्या आउनसक्ने उल्लेख गरेको छ।

विगत एक दशकमा सोलार एनर्जी (सौर्य ऊर्जा) सस्तो ऊर्जा विकल्प पनि बनेको छ। ग्लोबल चेन्ज डाटा ल्याबले विगत १० वर्षमा सोलार (सौर्य) फोटोभोल्टिक प्रविधिको लागत ९० प्रतिशतले घटेको जनाएको छ।

नयाँ सोलार एनर्जी (सौर्य उर्जा) फार्महरू विश्वभर पप अप भइरहेका छन्। अमेरिकी ऊर्जा विभागले यस महिनाको सुरुमा म्यानहट्टन प्रोजेक्ट भनेर चिनिने आणविक हतियार कार्यक्रमका भागहरूलाई सौर्य फार्ममा परिणत गर्न ८ हजार एकड जमिनलाई परिवर्तन गर्ने घोषणा गरेको थियो। गत महिना गुगलले यस क्षेत्रमा १ गिगावाटको पाइपलाइन निर्माण गर्न ताइवानको सोलार कम्पनीमा लगानी गरेको इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया