आइएमई जनरल इन्स्योरेन्सद्धारा एक अरब बीमा प्रिमियम संकलन

Technology Khabar २ श्रावण २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अरब ९२ लाख रुपैयाँ आर्जन गर्न सफल भएकोछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्सलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिए।

प्रकाशित: २ श्रावण २०७५, बुधबार

तपाइको प्रतिक्रिया