मस्कले मुद्दा हालेको विज्ञापनदाताको समूह ‘गार्म’ ले बन्द गर्यो आफ्ना गतिविधि

Technology Khabar २७ श्रावण २०८१, आईतवार

काठमाडौं ।

ग्लोबल अलायन्स फर रेस्पोन्सिबल मिडिया (गार्म) नामक विज्ञापनदाताहरूको समूहले हालै आफ्ना गतिविधिहरू बन्द गरेको छ। बिजनेस इन्साइडरका अनुसार यो निर्णय आउनुमा उनीहरूसँग सीमित पैसा हुनु र एक्स (पहिलेको ट्विटर) द्वारा दायर गरिएको मुद्दाको सामना गर्नु थियो।

यो संस्था विज्ञापनदनताहरुको विश्व संगठन नामक संस्थाले सन २०१९ मा स्थापना गरेको थियो। यसको उद्देश्य सोसल मिडिया प्लेटफर्महरूमा निश्चित सुरक्षा मापदण्ड पूरा नगरेका विज्ञापनहरू प्रकाशनरप्रसारण नगर्नु रहेको छ । तर एक्स (ट्विटर) हालै गार्ममाथि उनीहरूले ट्विटरको विज्ञापनदाताहरूलाई बहिष्कार गर्न संगठित गरेको आरोप लगाएको छ।

एलोन मस्कले हालै उठाएका यो मुद्दालाई केही असामान्य मुद्दाहरू मध्ये एकका रुपमा हेरिएको छ। यस्ता मुद्दाहरूले मस्कले उनीसँग असहमति राख्नेहरूलाई सजाय दिन चाहन्छन् भन्ने बुझाउँछ। मस्कले यो संस्थाबाहेक हालै एक्स एआई सँग प्रतिस्पर्धा गर्ने ओपनएआई र उनको विरोध गर्ने मिडिया म्याटर्स नामक संस्थाविरुद्ध पनि मुद्दा हालेका छन्।

मस्कले आफूले विज्ञापनदाताहरूसँग असहमति जनाउन प्राय: कटु शब्दहरू प्रयोग गरेका छन्। उनी भन्छन्, “तिमीहरूले मलाई विज्ञापनद्वारा ब्ल्याकमेल गर्न खोज्ने हो भने, तिमीहरूलाई पनि ब्ल्याकमेल गर्न म तयार छु। तिमीहरूलाई सजिलो चाहिएको छ भने मसँग नआऊ।”

मस्कले ट्विटर किनेका बेला यसको धेरैजसो आम्दानी विज्ञापनबाटै आउँथ्यो। तर मस्कको टेकओभरपछि यो आम्दानी घटेको छ। यसमा मस्कको सामग्री नियन्त्रणप्रति “जेसुकै स्वीकार्य छ” भन्ने दृष्टिकोणले विज्ञापनदाताहरूलाई असहज बनाएको हुन सक्छ।

एक्सको मुद्दा कानुनी हिसाबले कमजोर देखिए पनि यसले गार्मलाई रोक्ने आफ्नो लक्ष्य भने पूरा गरेको छ। यसबाट मस्कको सामना गर्नेहरूलाई उनले महँगो कानुनी संघर्षको सामना गर्नुपर्ने हुन सक्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।

प्रकाशित: २७ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया