दारी ग्याङ फुटसल प्रतियोगिताको टिम फारम खुल्यो, यसरी गर्नुहोस् दर्ता

  • Technology Khabar | २३ श्रावण २०८१, बुधबार
दारी ग्याङ फुटसल प्रतियोगिताको टिम फारम खुल्यो, यसरी गर्नुहोस् दर्ता

काठमाडौं ।

सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरु समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्टको लागि टिम दर्ता फारम खुलाएको छ । आगामी भदौ १४ र १५ गते हुने फुटसल प्रतियोगितामा देशभरका ३२ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने बताइएको छ । दारी ग्याङ फुटसलको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजक मार्फत उपलब्ध हुनेछ ।

काठमाडौंले आयोजना गर्न लागेको पहिलो संकरणको दारी ग्याङ फुटसल प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी उपविजेताले ३० हजार रुपैयाँ नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने व्यवस्थापन समिति सदस्य निरोज कुमार भट्टराईले जानकारी दिए ।

“परोपकारको लागि खेलकुद” शीर्षक दिइएको यो प्रतियोगिता सम्पन्न भएपछि बाँकी रहेको सबै रकम सामाजिक कार्यमा खर्च हुने जानकारी दारी ग्याङ केन्द्रिय सदस्य महेश्वर घिमिरेले बताए।

दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा निकै सक्रिय सदस्य रहेको युवाहरुको समूह हो भने बिगतमा यो समुहले धेरै सामाजिक कार्य गर्दै आएको छ।

केही समयअघि दारी ग्याङ युकेको आर्थिक तथा सुहास डेन्टल केयरको प्राविधिक सहयोगमा नुवाकोटको लिखु गाँउपालिकामा रहेको एउटा विद्यालयमा नि:शुल्क दन्त शिविर आयोजना गरेको थियो ।

यसबाहेक दारी ग्याङले निरन्तर रक्तदान कार्यक्रमदेखि अन्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको यस समूहका केन्द्रीय सदस्य प्रवीण ज्ञवालीले बताए।

प्रकाशित: २३ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...