डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक

  • Technology Khabar | २१ श्रावण २०८१, सोमबार
डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक

काठमाडौं ।

दुइ दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली कताहोमा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक भएको छ ।

यस सेवाबाट अब कताहो एपमार्फत निःशुल्क क्युआर कोड ट्याग तयार गरी आफ्ना सामानमा टाँस्न सकिने र उक्त सामान हराएमा जो कोहीले पनि सामान धनी पत्ता लगाउन सक्ने रामलक्ष्मण रिमालले जनाएका छन्।

यसको प्रयोगले यात्रा गर्ने व्यक्तिहरुको लागि विश्वभर जुनसुकै स्थानमा पुगेतापनि आफ्ना सामान हराएमा भेट्टाउने व्यक्तिले सोझै सामानधनी पत्ता लगाइ सामान फिर्ता गर्न सक्ने उनीहरुको भनाई छ । आफ्नो पासपोर्ट, पर्स, साँचो, सुटकेस, मोबाइल, ल्यापटप जस्ता सामानहरुमा यो ट्याग टाँस्न सकिन्छ ।

त्यस्तै सवारी साधन पार्किङ्गमा राख्दा अन्य सवारी साधनलाई समस्या परेमा तुरुन्तै सवारीधनीलाई जानकारी गराउन समेत यसको प्रयोग गर्न सकिने बताइएको छ ।

अघिल्लो वर्ष माघमा शुरु भएको यो ठेगाना प्रणाली मार्फत स्वतःस्फूर्त रुपमा देशैभरबाट डिजिटल ठेगाना बन्दै आइरहेका र कतिपय पालिकाहरुले यसै प्रणालीको माध्यमबाट ठेगाना तयार गरी टाँस्नका लागि सम्झौतासहित यसको प्रयोग गरिरहेका एड्रेसग्राफ नेपालका अनुसन्धाता तथा निर्देशकद्वय राम-लक्ष्मण रिमालको भनाई छ।

प्रकाशित: २१ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...