ताजा समाचार

नेट न्युट्रालिटि ब्युँताउने अमेरिकी नियामकको प्रयासमा अदालतले फेरि लगायो अंकुश

नेट न्युट्रालिटि ब्युँताउने अमेरिकी नियामकको प्रयासमा अदालतले फेरि लगायो अंकुश
Global IME Bank

अमेरिकाको संघीय सञ्चार आयोग एफसीसीले नेट न्युट्रालिटि ब्युँताउन गरेको प्रयासलाई अदालतले फेरि एक पटक रोकेको छ।

एफसीसीले गत अप्रिलमा नेट न्युट्रालिटि सुरक्षा ब्युँताउने पक्षमा निर्णय गरे पनि उनीहरुले भने जस्तो हिसाबले यो नियम लागू हुन सकेको थिएन।

रोयटर्स तथा फास्ट कम्पनीले जनाए अनुसार हालै सिक्स्थ सर्किट यूएस कोर्ट अफ अपिल्स नामक पुनरावेदन अदालतले यो नियम लागू हुनबाट अस्थायी रुपमा रोक लगाएको हो।

यसको मुख्य कारण ब्रोडब्याण्ड सेवा प्रदायकहरुले उक्त सेवा पुन: सञ्चालनको विरुद्धमा हालेको मुद्दा उनीहरुले जित्नसक्ने सम्भावना रहेकोले तत्कालका लागि यो सेवा बन्द गरिएको बुझिएको अन्तरराष्ट्रिय समाचार संस्था इन्ग्याजेटले उल्लेख गरेको छ।

एफसीसीका तीन जना डेमोक्र्याट कमिशनरहरुले नेट न्युट्रालिटी ब्युँताउने पक्षमा मतदान गरेलगत्तै केबल, दूरसञ्चार तथा मोबाइल इन्टरनेट सेवा प्रदायकहरुले एफसीसीविरुद्ध मुद्दा हालेका थिए।

न्युट्रालिटीको नियम अनुसार ब्रोडब्याण्ड सेवालाई अत्यावश्यकीय दूरसञ्चार सेवामा राखिएको छ।

यस अनुसार एफसीसीले ब्रोडब्याण्ड इन्टरनेटलाई नियामक दायराभित्र ल्याउन सक्छ । उक्त नियम लागू भएमा केही आईएसपीहरुले नेटफ्लिक्सलगायतका उच्च ब्याण्डविथको इन्टरनेट प्रयोग गर्ने कम्पनीहरुलाई लादेको अतिरिक्त शुल्क लगायतका कुराहरु रोक लगाउन सक्छ।

यसबाहेक यसले आईएसपीहरुले हाल गर्दै आएका केही वेबसाइटहरुमा आउने ट्राफिकको गति ढिला बनाउने वा रोक्ने गतिविधिलाई पनि नियन्त्रण गर्न सक्छ।

यसका विरोधमा रहेकाहरुको भनाईमा यस प्रकारको अंकुशले व्यवसायीहरुलाई पलायन हुन बाध्य बनाउँछ। त्यसंै हिसाबले पनि यो लागू हुनबाट रोक्नुपर्ने उनीहरुको भनाई छ।

Sajilo Visa
easy care