भारतीय सरकारी टेल्को बीएसएनएलको फाइभजी सेवा चाँडै सुरु हुँदै, सरकारले दियो ग्रीन सिग्नल

  • Technology Khabar | २० श्रावण २०८१, आईतवार
भारतीय सरकारी टेल्को बीएसएनएलको फाइभजी सेवा चाँडै सुरु हुँदै, सरकारले दियो ग्रीन सिग्नल

काठमाडौं ।

भारतमा सरकारी टेलिकम अपरेटर बीएसएनएलले फाइभजीको लागि कदम चालेको छ। भारतीय केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया आफैँले यसको परीक्षण गरेका छन्। यसका लागि सिन्धिया सेन्टर फर डेभलपमेन्ट अफ टेलिमेटिक्स (सी-डट) पुगेर ५जी प्रविधि प्रयोग गरेर भिडियो कल गरेका थिए।

केन्द्रीय मन्त्री आफैंले ५जी नेटवर्कको क्षमता परीक्षण गरेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

कम्पनीको ५जी परीक्षण पछि, बीएसएनएलको ५जी नेटवर्क चाँडै नै आउने अनुमान गरिएको छ।

मन्त्री सिन्धियाले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट यस सम्बन्धमा एउटा भिडियो पनि साझा गरेका छन् जसमा उनी बीएसएनएल फाइभजी नेटवर्कमा भिडियो कल गरिरहेको देखिन्छन।

रिपोर्टकाअनुसार, भारत सरकारले बीएसएनएल ५जी को लागि ७००, २२००, ३३०० मेगाहर्ज र २६ गीगाहर्ज स्पेक्ट्रम ब्यान्डहरू उपलब्ध गराएको छ। हाल बीएसएनएलले ७०० मेगाहर्ज स्पेक्ट्रम ब्यान्डमा ५जी सेवाको परीक्षण गरिरहेको छ।

प्रकाशित: २० श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार