
काठमाडौं ।
टर्कीको सञ्चार अधिकाले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राम ब्लक गरेको छ। यो टर्कीमा वेबसाइट तथा सञ्चारको क्षेत्रमा अंकुश लगाइएको पछिल्लो घटना हो।
इन्टरनेट नियामक संस्था द इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजिज अथोरिटीले कुनै कारण नखुलाई शुक्रबार बिहानै यस्तो निर्णय गरेको समाचार संस्था एपीन्युजले जनाएको छ।
सरकार निकट स्थानीय अखबार येनि सफाक तथा अन्य सञ्चारमाध्यमहरुले इन्स्टाग्रामले हमाशका राजनैतिक नेता इस्माइल हानिये मारिएको विरोधमा टर्कीका जनाताले राखेको शोक व्यक्त गरेका पोस्टहरु इन्स्टाग्रामले हटाइदिएपछि सरकारले पनि इन्स्टाग्राम ब्लक गरिदिएको बुझिएको छ।
येनि सफाकको इन्टरनेट संस्करणमा लेखिएको छ, ‘इन्स्टाग्रामको ब्ल्याक आउट नीतिमाथि प्रतिबन्ध लगाउनु सही थियो । द इन्फर्मेशन टेक्नोलोजिज एण्ड कम्युनिकेशन अथोरिटीले इन्स्टाग्राम प्रयोगमाथि प्रतिबन्ध लगायो।’
यसअघि राष्ट्रपतीय सञ्चार निर्देशक तथा राष्ट्रपतिका स्वकीय सचिव फारेट्टिन अल्टुनले इन्स्टाग्रामलाई टर्कीका जनताले हानियेप्रति समवेदना गरेका पोस्टहरु हटाएको भन्दै कडारुपम विरोध गरेका थिए।
प्रकाशित: १९ श्रावण २०८१, शनिबार