Technology Khabar २९ असार २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने जानकारी दिएको छ ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको जनाएको छ ।
प्रकाशित: २९ असार २०७५, शुक्रबार