युवाहरुका लागि इन्टरनेट गभर्नेन्ससम्बन्धी फेलोशिप कार्यक्रमको आवेदन खुल्यो

Technology Khabar १६ श्रावण २०८१, बुधबार

काठमाडौं ।

इन्टरनेट गभर्नेन्समा छलफल गर्न युवाहरुका लागि फेलोशिप कार्यक्रमको आवेदन खुला गरिएको छ। यो फेलोशिप कार्यक्रम युथ इन्टरनेट गभर्नेस फोरम नेपाल (युथ आइजीएफ नेपाल) अन्तर्गतको  इन्टरनेट सोसाइटी नेपाल च्याप्टरले आयोजना गरेको हो ।

यसले युवाहरुलाई इन्टरनेट गभर्नेन्सका मुद्दाहरुमा छलफल गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको बताइएको छ।

युथ आइजीएफ नेपालका अनुसार यो कार्यक्रमले विविध पृष्ठभूमि र क्षेत्रका युवाहरुलाई इन्टरनेट गभर्नेन्सका विविध मुद्दाहरुमा समान धारणा बनाउन सहयोग गर्नेछ।

कार्यक्रममा डिजिटल डिभाइड, सार्वभौमिक पहुँच, एआई गभर्नेन्स र अभिव्यक्ति स्वतन्त्रता जस्ता महत्वपूर्ण मुद्दाहरुमा छलफल गरिनेछ। फेलोशिप प्राप्त गर्नेहरुले यी मुद्दाहरुमा हुने कार्यशाला, प्यानल छलफल र विज्ञहरुसँग अन्तर्क्रिया गर्ने अवसर पाउनेछन्।

यो फेलोशिपका लागि काठमाडौं उपत्यकाबाहिरका युवाहरुले मात्र  आवेदन दिन सक्ने संस्थाको भनाई छ । हरेक प्रदेशबाट तीन जना सहभागीहरुलाई फेलोशिप प्रदान गरिनेछ।

छनोट भएका युवाहरुको खानपान, बसोबास, र यातायात खर्च व्यहोर्ने साथै इच्छुक आवेदकहरुले साउन २५ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

आवेदनका लागि तल दिइएको लिंक थिच्न सकिने छ।

आवेदन दिन यहाँ थिच्नुहोस्

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया