सूचना प्रविधिलगायतका प्राविधिक विषय पढ्न ऋण उपलब्ध गराइने

  • Technology Khabar | ११ श्रावण २०८१, शुक्रबार
सूचना प्रविधिलगायतका प्राविधिक विषय पढ्न ऋण उपलब्ध गराइने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सूचना प्रविधिलगायतका प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई ऋण उपलब्ध गराउन व्यवस्था मिलाउने भएको छ।

आज शुक्रबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा यसबारे स्पष्ट उल्लेख गरिएको छ।

गभर्नर महाप्रसाद अधिकारीका अनुसार राष्ट्रबैंकले सूचना प्रविधि तथा इञ्जिनियरिङजस्ता विषय पढ्ने विद्यार्थीलाई शैक्षिक ऋण लिनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग सहजीकरण  गरिदिने भएको हो।​ ​

“व्यावसायिक शिक्षा तथा आन्तरिक रूपमा अध्ययन गर्ने चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, एकाउन्टिङ्ग जस्ता व्यवहारिक शिक्षा आर्जनका लागि ऋण उपलब्ध गराउन नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमको आधारमा आवश्यक सहजीकरण गरिने छ,” नीतिमा उल्लेख छ।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...