च्याटजीपीटी जस्तै आफ्नै एआई टूल परीक्षण गर्दै हङकङ सरकार

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

हङकङ सरकारले आफ्ना कर्मचारीका लागि बनाइएको च्याटजीपीटी शैलीको टूल परीक्षण गरिरहेको छ। परीक्षण सफल भएको खण्डमा यो संयन्त्र सर्वसाधारणका लागि पनि उपलब्ध गराउने सरकारको लक्ष्य रहेको समाचार संस्था एपीन्युज डटकमले जनाएको छ।

हङकङका इन्नोभेशन मिनिस्टर ले च्याटजीपीटीले हङकङ शहर तथा अन्य केही क्षेत्रमा आफ्नो सेवा ब्लक गर्ने कदम चालेपछि यस्तो निर्णय गरेको बताएका छन् ।

नवीनता, प्रविधि र उद्योग मन्त्रालयका सचिव सन डङले एक रेडियो कार्यक्रममार्फत् आफ्नो समूहले एउटा आर्टिफिसियल इन्टेलसजेन्स प्रोग्राम बनाउन प्रयास गरिरहेको बताए।

डकुमेण्ट ईडिटिङ कोपाइलट एप्लिकेशन फर सिभिल सर्भेण्ट्स नामक उक्त एआई प्रोग्रामको सामर्थ्य अझ बढाउन परीक्षण गरिएको उनको भनाई छ।

उक्त सामग्री हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको नेतृत्वमा रहेको जेनेरेटिभ एआई अनुसन्धान तथा विकास केन्द्रले अन्य विश्विद्यालयहरुसँगको सहकार्यमा डेभलप गरेको हो।

हङकङको मुख्य सरकारी सूचना अधिकारीको कार्यालयका अनुसार उक्त टूलको राइटिङ असिस्टेन्स फङ्शनले निजामति कर्मचारीको क्षमता अभिवृद्धिका लागि दस्तावेजहरु मस्यौदा गर्न, अनुवाद गर्न र सारांश निकाल्न सहयोग गर्नेछ।

यसको डाटाबेस तथा ल्याङ्ग्वेज मोडल पूर्ण रुपमा उक्त केन्द्रले नै गरेको केन्द्रको दावी छ।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया