विश्वव्यापी स्मार्टफोन बजार सन् २०२४ को दोस्रो त्रैमासमा ६ प्रतिशत वार्षिक वृद्धि

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

विश्व स्मार्टफोन बजारले धेरै वर्षको बजार गिरावट पछि रिबाउण्ड (पुनः प्राप्ति) को अनुभव गरिरहेको छ।

काउन्टरपोइन्ट रिसर्चद्वारा गरिएको पछिल्लो विश्वव्यापी स्मार्टफोन बजार सर्वेक्षणले सन् २०२४ को दोस्रो त्रैमासिकमा ६ प्रतिशत वार्षिक वृद्धि भएको देखाएको छ।

उक्त वृद्धि पछिल्लो तीन वर्षमा सबैभन्दा उच्च भएको काउन्टरपोइन्टले थप उल्लेख गरेको छ।

सबैभन्दा कमजोर वर्षमा द्रुत सुधार गर्दै सन् २०२४ को दोस्रो त्रैमासिकमा लगातार तेस्रो त्रैमासिकको लागि विश्वव्यापी स्मार्टफोन सेल–थ्रु वार्षिक रुपमा वृद्धि भएको जनाइएको छ।

शीर्ष पाँच स्मार्टफोन ब्रान्डहरू अघिल्लो त्रैमासिकको तुलनामा अपरिवर्तित रहेको र सामसङ शीर्ष स्थानमा नै कायम रहन सफल भएको जनाइएको प्रतिवेदनमा जनाइएको छ।

एप्पलको बजार सेयरमा सामान्य गिरावट आएको छ भने शाओमी प्रमुख पाँच विश्वव्यापी ब्रान्डहरूमध्ये सबैभन्दा छिटो वृद्धि गर्ने ब्रान्ड बानेको छ।

पछिल्लो काउन्टरपोइन्ट रिसर्चको स्मार्टफोन ३६० मासिक ट्रयाकरले वर्तमान पुनरुत्थान कन्जुमर सेन्टिमेन्ट (उपभोक्ता भावना) को सुधारका साथै समष्टि आर्थिक कारकहरूद्वारा संचालित भएको संकेत गर्दछ। त्यसैगरी युरोप र ल्याटिन अमेरिकी बजारले सन् २०२४ को दोस्रो त्रैमासिकमा सबैभन्दा छिटो वृद्धि रेकर्ड गरेको (दोहोरो अंकमा) प्रतिवेदनले थप संकेत गरेको उल्लेख छ। साथै उक्त वृद्धि संख्याले सन् २०२३ को स्तर भन्दा माथिको क्षेत्रमा बढ्दो खरीद गतिविधिलाई संकेत गर्दछ।

ह्वावेले पनि चीनमा क्रमिक सुधारका साथ पुनरुत्थान जारी राखेको उल्लेख छ। विशेष गरी ल्याटिन अमेरिका र एशियाका उदीयमान बजारहरूले स्थापित बजारहरू भन्दा राम्रो प्रदर्शन गरेको थप उल्लेख गरिएको छ।

काउन्टरपोइन्टका अनुसन्धान निर्देशक तरुण पाठकका अनुसार सन् २०२३ मा कीर्तिमानी गिरावट आएपछि पछिल्लो तीन त्रैमासमा स्मार्टफोन बिक्रीमा भएको वृद्धि उद्योगमा स्वागतयोग्य विकास हो।

यद्यपि उपभोक्ता सुधार र परिष्कृत सूची स्थितिलगायतका कारकहरूको संयोजनका कारण बजारहरू द्रुत गतिमा उकालो लागेको थप उल्लेख गरिएको छ।

त्यसैगरी वर्षको बाँकी त्रैमासको लागि रुपरेखा राम्रो रहने देखिएको उल्लेख गरिएको छ। स्मार्टफोन ब्रान्डहरूले आफ्ना पोर्टफोलियोहरूलाई धेरै रोमाञ्चक अफरिङ्गहरूको साथ ताजा गर्दै बढ्दो उपभोक्ता मागलाई द्रुत प्रतिक्रिया दिएको जनाइएको छ।

साथै बजारले किफायती मूल्य ट्यागहरूका साथ प्रिमियम मोडेलहरू (सम्भवतः स्केल्ड डाउन गरिएको) को बढ्दो प्रसार पनि देखेको उल्लेख छ।

सामसङले बजारको २० प्रतिशत हिस्सा ओगटेको र सन् २०२४ को दोस्रो त्रैमासिकको लागि आफ्नो शीर्ष स्थान कायम राखेको छ।

यसपछि एप्पल (१६ प्रतिशत), शाओमी (१४ प्रतिशत), भिभो (८ प्रतिशत) र ओप्पो (८ प्रतिशत) बजारको हिस्सा ओगटेका छन्। साथै कम्पनीहरुको र्याङ्किङ्ग (स्थान) सन् २०२३ को दोस्रो त्रैमासिकको जस्तै रहेको भनी उल्लेख गरिएको छ।

यद्यपि, शाओमीले यो अवधि भित्र २२ प्रतिशतको उच्चतम वार्षिक वृद्धि प्रदर्शन रेकर्ड गरेको जनाइएको छ।

ह्वावे, अनर, मोटोरोला र ट्रान्ससन ग्रुप ब्रान्डहरू जस्ता केही पुनरुत्थान भएका ब्रान्डहरूको दबाबको कारणले सन् २०२४ को दोस्रो त्रैमासिकमा शीर्ष पाँच ब्रान्डहरूको संचयी सेयर आंशिक रूपमा घटेको थप उल्लेख छ।

शीर्ष १० ब्रान्डहरुले बजारको ९० प्रतिशतको योगदानका साथ बजारको ढिलो र स्थिर मात्रा वृद्धि जारी रहने अनुमान गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया