फोनपे ले ल्यायो नयाँ अफर, प्रोमोकोड प्रयोग गरेर आईफोन १५ प्रो जित्नसकिने

  • Technology Khabar | ६ श्रावण २०८१, आईतवार
फोनपे ले ल्यायो नयाँ अफर, प्रोमोकोड प्रयोग गरेर आईफोन १५ प्रो जित्नसकिने

काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपे ले आफ्नो प्रमुख अभियान “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ।

यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना छ।

यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपे डिरेक्टबाट पैसा पठाउँदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड “Fonepay Direct” राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ एप प्रयोग गरेर फोनपे डिरेक्टमार्फत कम्तीमा तीन पटक पैसा  ट्रान्सफर गर्नुपर्नेछ।

“हामी “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं” फोनपेका चिफ इस्ट्राटेजी अफिसर सुबोध शर्माले भने, “यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्टलाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पकोरूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुनेछन्।”

बैंक परिसरहरुबाटै एक्टिभेसनमार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य रहेको जनाएको छ।

प्रकाशित: ६ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...