
काठमाडौं ।
टेस्लाको सांघाई गिगाफ्याक्ट्री हाल पूर्ण क्षमतामा चलिरहेको बेइजिङ न्यूज शेल फाइनान्सले उल्लेख गरेको छ। साथै कारखानाको मोडेल वाई उत्पादन लाइनले लगभग हरेक ३० सेकेन्डमा नयाँ कार तयार गरिरहेको जनाइएको छ।
यस वर्षको सुरुमा सांघाई प्लान्टमा उत्पादन कटौती बारे चिन्ता उत्पन्न भएपछि यो खबर आएको हो।
रोयटर्सले मे महिनामा टेस्लाले सन् २०२४ को मार्च र जुन महिनाको बीचमा उत्पादनमा कम्तीमा २० प्रतिशत कटौती गर्ने योजना बनाएको रिपोर्ट गरेको थियो। टेस्ला चीन भने यस विषयमा मौन रह्यो र नयाँ कार दर्ताका साथै निर्यातको मात्रा सन् २०२३ को सोही अवधिको तुलनामा घटेको देखियो।
यद्यपि, तेस्रो त्रैमासिक चलिरहेको अवस्थामा, टेस्लाले आफ्नो वर्षको अन्त्य लक्ष्यहरू पूरा गर्न भनेर उत्पादन वृद्धि गरेको देखिएको रिपोर्टमा उल्लेख छ। त्यसैगरी सीईओ इलन मस्कले यसअघि नै कम्पनीले गत वर्षको कार बिक्रीको आंकडालाई पार गर्ने अपेक्षा गरेको र यो लक्ष्य हासिल गर्न सांघाई कारखाना पूर्ण गतिको सञ्चालनमा निर्भर हुने बताएका थिए।
रिपोर्टले कारखानाको स्वचालनको प्रभावशाली स्तरलाई पनि हाइलाइट गरेको छ। टेस्लाको अन्तिम एसेम्ब्ली वर्कशपले डोर्स (ढोका), बडिज (शरीर) र अन्य कम्पोनेन्टहरूलाई भर्टिकल इलिभेटर्स ट्रान्सपोर्ट (ढुवानी) गर्नेको साथमा भर्टिकल्लि–स्ट्याक्ड (ठाडो रूपमा स्ट्याक गरिएको), डुअल–लाइन कन्फिगरेसन प्रयोग गर्दछ र यसले उत्पादन लाइन स्पेसको लगभग १०० मिटर बचत गर्ने जनाइएको छ।
यसबाहेक, चार ओटा वर्कशपहरू आपसमा जोडिएको र जसले सुविधा भित्र निर्मित भागहरूको कुशल गतिको लागि अनुमति दिने थप उल्लेख गरिएको छ।
स्वचालनको यो उच्च डिग्रीले फ्याक्ट्रीभर ९५ प्रतिशत पूर्ण स्वचालित उत्पादन हासिल गर्दछ भने वेल्डिङ वर्कशप १०० प्रतिशत स्वचालनको नजिक रहेको जनाइएको छ।
कार उत्पादन भन्दा बाहेक, टेस्लाले आफ्नो सांघाई ईनर्जी स्टोरेज सुपर फ्याक्ट्री परियोजनामा पनि प्रगति गरिरहेको जनाइएको छ। उक्त परियोजना सन् २०२५ मा सम्पन्न हुने ट्रयाकमा रहेको टेस्लाका उपाध्यक्ष ताओ लिनले बताएका छन्।
साथै यो कारखानाले टेस्लाको प्रमुख ऊर्जा भण्डारण उत्पादन, मेगाप्याक निर्माणमा केन्द्रित हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ६ श्रावण २०८१, आईतवार