एप्पलले ९८ देशका प्रयोगकर्ताहरूलाई ‘मर्सेनरी स्पाइवेयर’को बारेमा अलर्ट गरायो

  • Technology Khabar | २९ असार २०८१, शनिबार
एप्पलले ९८ देशका प्रयोगकर्ताहरूलाई ‘मर्सेनरी स्पाइवेयर’को बारेमा अलर्ट गरायो

काठमाडौं ।

अमेरिकी डिभाइस निर्माता एप्पलले धेरै देशका प्रयोगकर्ताहरूलाई मर्सेनरी (भाडाको) स्पाइवेयर आक्रमणको बारेमा चेतावनी दिएको छ। कम्पनीले अप्रिलमा पनि यस्तै चेतावनी दिएको थियो।

यो थ्रेट नोटिफिकेशन ९८ देशका आईफोन प्रयोगकर्ताहरूलाई पठाइएको छ। एप्पलले प्रयोगकर्ताहरूलाई आफ्ना उपकरणहरू सुरक्षित गर्न थप कदम चाल्न आग्रह गरेको छ।

यी प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनमा स्पाइवेयरले आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ। कम्पनीले पठाएको इमेलमा भनिएको छ, “एप्पलले थाहा पाएको छ कि भाडाको स्पाइवेयरले तपाईंको आईफोनलाई टाढाबाट हानि पुर्याउन सक्छ।”

कम्पनीले यी प्रयोगकर्ताहरूलाई एप्पलको नयाँ अपरेटिङ सिस्टम आईओएस १७.५.१ मा अपडेट गर्न सल्लाह दिएको छ। साथै, प्रयोगकर्ताहरूलाई बिल्ट-इन लकडाउन मोड सक्षम गर्न भनिएको छ, जसले आक्रमणको प्रभावलाई कम गर्न सकियोस्। कम्पनीको सपोर्ट डकुमेन्टले प्रयोगकर्ताहरूलाई चेतावनी पनि दिएअनुसार, एप्पलको थ्रेट नोटिफिकेसन इमेलहरूमा क्लिक गर्न मिल्ने लिङ्कहरू छैनन् वा प्रयोगकर्ताहरूलाई एपहरू इन्स्टल गर्न वा फाइलहरू डाउनलोड गर्न  भन्दैनन्।

यसअघि पनि एप्पलले यस्तै नोटिफिकेसनहरु जारी गर्दै आएको थियो। पेगासस स्पाईवेयरमार्फत विभिन्न देशहरुमा प्रयोगकर्ताहरुको आईफोन ह्याक गरेपछि एप्पलले नियमित अलर्ट गराउँदै आएको छ।

प्रकाशित: २९ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...