एमजी मोटरले भारतमा नयाँ इलेक्ट्रिक कार लन्च गर्दै

Technology Khabar २८ असार २०८१, शुक्रबार

काठमाडौं ।

भारतीय बजारमा ईभीको बिक्रीलाई ध्यानमा राख्दै एमजी मोटरले नयाँ ईभी लन्च गर्ने तयारी गरिरहेको छ।

एमजी मोटरले करिब ४ वर्षअघि भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक कार एमजी जेडएस इभी लन्च गरेको थियो। गत वर्ष, ब्रान्डले आफ्नो इभी लाइनअपलाई कम्प्याक्ट इभी,एमजी कोमेट मार्फत विस्तार गरेको थियो।

टाइम्स अफ इन्डियाका अनुसार आगामी इलेक्ट्रिक कार सीयूभी हुनेछ र यो मोडल चाडपर्वको सिजन नजिकै भारतमा आउने अपेक्षा गरिएको छ। यो इभी कोमेट र जेडएस इभीको बीचमा राखिनेछ, जसको एक्स-शोरूम मूल्य भारु २० लाख भन्दा कम हुनेछ। आगामी कारले टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्ने बताईएको छ।

सीयूभी अर्थात क्रसओभर युटिलिटी भेहिकल भनेको एक युनिबडी बिल्ड भएको युटिलिटी गाडी हो, जुन सामान्य एसयूभीको बडी-अन-फ्रेम बिल्ड भन्दा फरक हुन्छ। यद्यपि, आगामी मोडेलको बारेमा धेरै जानकारी दिईएको छैन। यसले जेडएस इभी जस्तै ५०.३ किलोवाट आवर ब्याट्री पाउने अपेक्षा गरिएको छ।

यस बाहेक, यसमा समान फ्रन्ट एक्सल-माउन्टेड मोटर पाउने सम्भावना छ जसले १७६ एचपी र २८० एनएम टर्क जेनेरेट गर्नेछ। यद्यपि, आउँदै गरेको कारले यसको हलुका तौलको कारण जेडएसको समान ब्याट्री प्याकले नै ४६१ किलोमिटरको दायरा भन्दा राम्रो रेन्ज प्रदान गर्न सक्ने अनुमान छ।

कम्पनीले यसलाई इन्टेलिजेन्स सीयूभी भनिरहेको छ। भारतीय सडकमा परीक्षण भइरहेको यो ईभीको फुटेज पनि बाहिर आएको छ, तर यो धेरै हदसम्म कभर गरिएको छ। झ्याल र विन्डशिल्ड बाहेक सबै कुरा कभर गरिएको छ।

प्रकाशित: २८ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया