Technology Khabar २८ असार २०८१, शुक्रबार
काठमाडौं ।
जर्मन सरकार र मोबाइल फोन क्यारियरहरूले आगामी पाँच वर्षमा चिनियाँ टेक्नोलोजी कम्पनीहरूले देशको फाइभजी वायरलेस नेटवर्कबाट कम्पोनेन्टहरू चरणबद्धरुपमा हटाउन सैद्धान्तिक रूपमा सहमत भएका /रोयटर्सले रिपोर्ट गरेको छ।
जर्मन अखबार सुडोइच चाइटुङ्ग साथै प्रसारणकर्ताहरू एनडीआर र डब्लुडीआरले संयुक्त रूपमा समाचार रिपोर्ट गरेअनुसार, सम्झौताले नेटवर्क अपरेटरहरू डोइच टेलिकम, भोडाफोन र टेलिफोनिका डोइचल्याण्डलाई महत्त्वपूर्ण भागहरू बदल्न थप समय दिन्छ।
सुरक्षा विचारमा आधारित प्रारम्भिक सम्झौता अन्तर्गत, अपरेटरहरूले प्रारम्भिक रूपमा सन् २०२६ मा ह्वावे र जेडटीई जस्ता कम्पनीहरूले बनाएको टेक्नोलोजीको फाइभजी डाटा केन्द्रहरूको देशको कोर नेटवर्कबाट मुक्त गर्ने स्रोतहरूले भनेको रोयटर्सले लेखेको छ। अन्तिम सम्झौतामा हस्ताक्षर हुन बाँकी छ।
दोस्रो चरणमा, एन्टेना, ट्रान्समिसन लाइन र टावरका लागि चिनियाँ निर्माताको पार्टपुर्जाको भूमिका सन् २०२९ सम्ममा अन्त्य गरिनुपर्ने रिपोर्टमा भनिएको छ।
अर्कोतर्फ, जर्मनीको आन्तरिक मन्त्रालयले मोबाइल क्यारियरहरुसँग सरकारको वार्ता जारी रहेको बताएको छ।
प्रकाशित: २८ असार २०८१, शुक्रबार