सामाजिक सञ्जालको दुरुपयोगबारे छलफल

  • Technology Khabar | २७ असार २०८१, बिहीबार
सामाजिक सञ्जालको दुरुपयोगबारे छलफल
बाँकेको नेपालगञ्जमा बुधबार प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको संयोजनमा आयोजित 'पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव' विषयक अन्तरक्रियामा सहभागी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत । तस्बिर :रुपनी जि एम / रासस

काठमाडौं ।

सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारिता क्षेत्रमा नकारात्मक असर परेको नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ बाँकेको संयोजनमा पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव विषयक छलफलमा सहभागीले यस्तो कुरा बताएका हुन्।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसंहिताविपरीत काम गर्ने मिडियालाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए। उनले पत्रकारिताको नाममा ठगी गर्ने र बार्गेनिङ गर्नेलाई तुरुन्त कारबाही गरिने बताए।

युट्युबसहितको न्यु मिडियाको प्रभाव र पत्रकारितामा आचारसंहिताको सवाल विषयक कार्यपत्र अनुसार २०८० सालको साउनदेखि २०८१ सालको असार २० गतेसम्म ३३४ वटा उजुरी प्रेस काउन्सिलमा परेका छन् । जस अनुसार चरित्रहत्या, मानहानी, गाली बेइज्जतीका २०६ ओटा, सत्यता नभएको भ्रामक, असन्तुलित ९६, हबहु १३, सामाजिक सद्भाव प्रतिकुलका पाँच वटा, बार्गेनिङ, ठगी र धम्कीका नौ वटा र अन्य कार्य क्षेत्रमा नपर्ने पाँच वटा उजुरी रहेका छन् ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरेले प्रेस काउन्सिलले सबै मिडियालाई समेट्ने गरी नीति बनाउन आवश्यक रहेको बताए। प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले आचारसंहिता विपरीत जानेहरू अब कानुनी दायरामा आउने बताए।

प्रकाशित: २७ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...