Technology Khabar २८ असार २०८१, शुक्रबार
काठमाडौं ।
जापानी जायन्ट होन्डा र सोनीले संयुक्त रूपमा विकास गरिरहेको इलेक्ट्रिक भेहिकल्सको बारेमा थप विवरणहरू खुलासा गरेका छन्।
होन्डाले सन् २०३१ सम्ममा सातओटा नयाँ ईभी मोडेलहरू समावेश गर्ने नयाँ जेरो सिरिज लाइनअप लन्च गर्ने जनाइएको छ। त्यसैगरी, सोनी र होन्डाको संयुक्त उद्यम, अफिला पनि सन् २०२६ मा आफ्नो पहिलो ईभीको रुपमा स्लीक सेडान अनावरण गर्ने तयारीमा रहेका छन्।
जेरो सिरिज र अफिला ईभीहरूले एउटै आधारभूत प्लेटफर्म साझा गर्ने थप उल्लेख गरिएको छ।
प्लेटफर्महरू साझेदारी गर्नु भनेको पैसा बचत गर्नु मात्र नभएर यो विकासलाई गति दिनु पनि भएको उल्लेख गरिएको छ। साथै, स्रोतहरू र विशेषज्ञताहरू जम्मा गरेर होन्डा र सोनीले टाइमलाइनहरू छोटो बनाउन सक्छन, जसले गर्दा तिनीहरूलाई आफ्नो ईभीहरू बजारमा छिटो ल्याउन सक्नेछन्। यो द्रुत रूपमा विकसित हुँदै गइरहेको ईभी परिदृश्यमा नयाँ आउनेहरूका लागि महत्त्वपूर्ण हुने र त्यसो नभएको खण्डमा तिनीहरूले पहिले नै आउटडेटेड प्रडक्ट (पुरानो भइसकेको उत्पादन) जारी गर्ने जोखिम रहने छ।
लगानी गरिरहेको होन्डाले जेरो सिरिजका लागि १० ट्रिलियन येन (लगभग ६१ बिलियन यूरो) छुट्याएको छ। यी ईभीहरूले अल्ट्रा–थिन ब्याट्री प्याकहरू, कम्प्याक्ट ई–एक्सलहरू र हल्का तौलका बडी फ्रेमहरू समावेश गर्नेछन्।
होन्डाले सबै जेरो सिरिज मोडेलहरूले सिङ्गल चार्जमा ४८३ किलोमिटरभन्दा बढीको रेञ्ज (दायरा) प्रदान गर्नेछन् भनि पुष्टि गरेको छ। साथै तिनीहरूले आगामी एफिला सेडान जस्तै ९१ किलोवाट आवर लिथियम आयन ब्याट्री प्याक साझा गर्न सक्ने थप अनुमान गरिएको छ।
होन्डा र सोनी बीचको सहकार्य अटोमोटिभ उद्योगमा एउटा टर्निङ प्वाइन्ट हुन सक्ने छ। ईन्जिनियरिङ र टेक्नोलोजीमा आफ्नो शक्तिको संयोजन गरेर, यी दुई प्रतिष्ठित ब्रान्डहरू ईभी बजारमा महत्त्वपूर्ण प्रभाव पार्न तयार रहेको थप उल्लेख छ। साथै साझा प्लेटफर्मले थप किफायती इलेक्ट्रिक कारहरू ल्याउन सक्ने एरिनाईभीले उल्लेख गरेको छ।
प्रकाशित: २८ असार २०८१, शुक्रबार