शाओमी मिक्स फोल्ड ४ अल्ट्रा–थिन बडीको साथ विश्वव्यापीरुपमा उपलब्ध हुने

  • Technology Khabar | २५ असार २०८१, मंगलवार
शाओमी मिक्स फोल्ड ४ अल्ट्रा–थिन बडीको साथ विश्वव्यापीरुपमा उपलब्ध हुने

काठमाडौं ।

शाओमीले आफ्नो फोल्डेबल फोन मिक्स फोल्ड ४ अन्तर्राष्ट्रिय रूपमा लन्च गर्ने टिपस्टर आइस युनिभर्सले दाबी गरेका छन। शाओमीको उक्त नयाँ फोन अनर म्याजिक भी ३ भन्दा पनि पातलो हुनुका साथै यसले ९.९ मिमी म्याजिक भी २ लाई पछि पार्ने लीकस्टरले उल्लेख गरेको छ।

अनरले आफ्नो फोल्डेबल जुलाई १२ मा लन्च गर्ने तयारी गरिरहेको छ। यो फोल्ड गरिएको अवस्थाको ९.९ मिमी र अनफोल्ड गरिएको ४.७ मिमीको अनर म्याजिक भी२ भन्दा पनि पातलो हुने कम्पनीले पहिले नै पुष्टि गरिसकेको छ।

त्यसैगरी शाओमीले पनि आफ्नो नयाँ फोल्डेबल फोन चाँडै नै घोषणा गर्ने अपेक्षा गरिएको छ र चीनमा यस महिनाको सुरुमा लन्च हुनसक्ने छ। यसअघि अघिल्लो दुई ओटा मिक्स फोल्ड भेरियन्टहरू अगस्टमा लन्च गरिएको थियो।

यो अन्तर्राष्ट्रिय रूपमा लन्च गरिने पहिलो शाओमी फोल्डेबल हुनेछ, जसले यसलाई लाइनअपमा सबैभन्दा रोमाञ्चक लन्च बनाउने जनाइएको छ।

फोल्ड ४ सँगसँगै, शाओमीले आफ्नो पहिलो क्ल्यामशेल फोल्डेबल–मिक्स फ्लिप पनि प्रस्तुत गर्ने जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: २५ असार २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २५ असार २०८१, मंगलवार