एप्पलले ‘स्लिम’ मोडेलको लागि आईफोन १७ प्लसलाई थप पातलो बनाउने

  • Technology Khabar | २५ असार २०८१, मंगलवार
एप्पलले ‘स्लिम’ मोडेलको लागि आईफोन १७ प्लसलाई थप पातलो बनाउने

काठमाडौं ।

एप्पलले यस वर्ष सेप्टेम्बरमा आईफोन १६ सिरिज लन्च गर्ने अपेक्षा गरिएको छ। यद्यपि, सिरिजको आगामी वर्ष मात्र आउने उत्तराधिकारी यस अघि नै रुमर्स मिल (चर्चाहरुमा)मा प्रवेश गरिसकेको छ।

एप्पलले आईफोन १७ सिरिजबाट सुरु हुने ‘स्लिम’ मोडलको लागि भनेर ‘प्लस’ मोडललाई निरन्तरता नदिने अफवाहहरुको दाबी रहेको छ।

‘स्लिम’ मोडलले नन्–प्रो र प्रो मोडलहरूबीचको अन्तर कम गर्ने

एप्पलले आईफोन १७ स्लिमको उपस्थितिमा केही ‘बोल्ड इनोभेसन’ ल्याएको एक रिपोर्टले उल्लेख गरेको छ। साथै यो नयाँ ‘स्लिम’ मोडल हालको मोडलको तुलनामा पातलो र हल्का हुने बताइएको छ। त्यसैगरी एप्पलले चेसिसको लागि एल्मुनियम प्रयोग गर्ने अनुमान गरिएको छ।

यसबाहेक, क्यामरा आइल्याण्ड तेर्सोरूपमा राखिने छ जुन कथितरूपमा पिक्सेल ८ सिरिजको डिजाइनसँग मिल्दोजुल्दो हुनेछ। यद्यपि, एप्पलले हालै मात्र स्पेसल भिडियोलाई समर्थन गर्न भनेर भर्टिकल (ठाडो) क्यामरा प्लेसमेन्ट समावेश गरेको छ, यो फिचरले अझै पनि तेर्सो क्यामरा लेआउटसँग काम गर्न सक्छ वा सक्दैन भन्ने बारेमा स्पष्टता नभएको उल्लेख छ।

कम्पनीले फेस आईडी सेन्सरको लागि थप कम्प्याक्ट “मेटालेन्स” अपनाएको कारणले गर्दा डिभाइसले अगाडि, एक साँघुरो डायनामिक आइल्याण्ड समावेश गर्नेछ। आईफोन १७ स्लिमको डिजाइन आईफोन एक्ससँग मिल्दोजुल्दो रहने बताइएको छ।

‘स्लिम’ मोडेलको अगाडि ६.५५ इन्चको स्क्रिन हुनेछ। साथै यसले नन्–प्रो र प्रो मोडेलहरू बीचको अन्तर कम गर्ने अपेक्षा गरिएको छ। तुलनाको लागि, आईफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले रहेको छ। यसबाहेक, आईफोन १७ स्लिमले १२० हर्ज उच्च रिफ्रेस दरलाई पनि समर्थन गर्ने खुलासा गरिएको छ। यो उल्लेखनीय रूपमा उच्च रिफ्रेस दर समर्थन गर्ने आईफोनको इतिहासमा पहिलो नन–प्रो मोडेल हुनेछ।

आईफोन १७ सिरिजको आधार मोडेलले १२० हर्ज रिफ्रेस दर पनि प्राप्त गर्न सक्ने अनुमान छ। त्यसैगरी नयाँ मोडेलहरूले उच्च रिफ्रेस दर अफर गर्न सक्षम हुनेछन् भने यो प्रो मोडेलहरू जस्तै कस्टमाइज हुने जनाइएको छ।

प्रकाशित: २५ असार २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २५ असार २०८१, मंगलवार