क्लासिक टेकको ‘रिचार्जमा बर्षाद’ अफर, रु. ५ मा वाइ-फाइ ६ राउटरसंगै ५ महिनाको बोनस

Technology Khabar २१ असार २०८१, शुक्रबार

काठमाडौं ।

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ।

यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाईफाई ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन्।

उक्त अफर असार २० गते सम्म मात्र मान्य हुने कम्पनीले जानकारी दिएको छ।

ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ।

यसैगरी वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्ने छन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्नेछन्।

नयाँ ग्राहकहरुका लागि २०० एम बि पी यस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टि. भी र वाइफाइ ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २१ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया