नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ्ग खुला

  • Technology Khabar | १५ असार २०८१, शनिबार
नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ्ग खुला

काठमाडौं ।

शशिला मोटर्स प्रा.लि. ले भ्यान्चे (Vanche) ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ। एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ।

सीएटीएल १ सय २३ किलोवाटको लिथियम आयन फस्फेट ब्याट्री जडान हुने यो बसमा पूर्णरुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुने कम्पनीले उल्लेख गरेको छ।

फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा संचालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन्।

१ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी छ। उनले बस आइपुग्नु भन्दा पहिलै आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्झट सेवा दिने पनि बताए।

दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ्ग अहिलेदेखि नै खुला भएको छ। बसको मुल्य निर्धारण हुन बाँकी नै रहेपनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ।

विगत दश बर्षदेखि ब्यवसायिक गाडीहरु विक्री वितरण गर्दै आएको शशिला मोटर्स पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब भ्यान्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ। जुन स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी रहेको बताईएको छ।

प्रकाशित: १५ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...