नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान

  • Technology Khabar | १० असार २०८१, सोमबार
नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान

काठमाडौं ।

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या हाल समाधान भएको छ। आज अपरान्हदेखि कम्पनीको मोबाइल सेवामा एक्कासी समस्या देखिएको थियो।

टेलिकमका सेवाग्राहीहरुले आफ्नो पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरहरूबाट कल नलाग्ने, आवाज नसुनिने र अचानक फोन काटिने जस्ता समस्या देखिने गरेको गुनासो गरेका थिए। यस्तै डाटा सेवामा पनि समस्या आएको बताएका छन्।

नेपाल टेलिकमका सहायक प्रवक्ता परमात्मा भट्टराईले केहि समय यस्तो समस्या भएको तर अहिले समाधान भईसकेको जानकारी दिए। तर उनले के समस्या भएको र कसरी समाधान भयो भन्ने बारेमा जानकारी दिएनन्।

प्रकाशित: १० असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...