बिवाईडीले कर छलेर एकै महिनामा सयौं इभी भित्र्याएको भन्दै छानबिन गर्न सांसदको माग

Technology Khabar १० असार २०८१, सोमबार

काठमाडौं ।

चिनियाँ इभी ब्राण्ड बिवाईडीले राजस्व ठगेर एकै महिनामा सयौं इभी भित्र्याएको भन्दै छानबिनको माग गरिएको छ।

राजस्व छल्नका लागि बिवाईडीको आधिकारीक आयातकर्ता कम्पनी साइमेस इंकसँगले राजस्व छल्दै जेठमा २९ सय गाडी भित्र्याईएको भन्दै सांसद बद्री प्रसाद पाण्डेले छानबिन गर्न माग गरेका छन्।

उनले कर छलीको अनुसन्धान झेलिरहेको कम्पनीको सरकारी हिमचिमले जेठ १५ भित्रै अघिल्ला महिना भन्दा तेब्बर अर्थात २९ सय गाडी भित्र्याईएको खुलासा गरेका छन्।

उनले भने “विद्युतीय गाडीमा कर वृद्धिको सरकारी सूचनाका कारणनै अस्वाभाविक संख्यामा गाडी भित्रिएको अनुमान लगाउन कठिन छैन् त्यसैले यो राष्ट्रघाती र उपभोक्ता मारा कृत्यको गंभिर छानबिन र दोषी उपर कडा कारबाहीको माग गर्दछु।”

यसका साथै सांसद प्रेम सुवालले समेत पूर्व अर्थमन्त्री र वर्तमान अर्थमन्त्रीले विद्युतीय गाडी आयातमा कर छली गर्न सहयोग गरेको खुलासा भएको भन्दै कारबाही गर्न माग गरेका छन्।

उनले यसका लागि संसदिय छानबिन समिति गठन गर्न जरुरी भएको बताएका छन्।

प्रकाशित: १० असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया