छिमेकी देश भारतमा दूरसञ्चार ग्राहकको संख्या १ अर्ब २ करोड नाघ्यो

  • Technology Khabar | १० असार २०८१, सोमबार
छिमेकी देश भारतमा दूरसञ्चार ग्राहकको संख्या १ अर्ब २ करोड नाघ्यो

काठमाडौं ।

छिमेकी देश भारतमा अप्रिल महिनामा दूरसञ्चार ग्राहकको संख्या १ अर्ब २ करोड नाघेको छ। टेलिकमको ग्राहक संख्या १ अर्ब २० करोड नाघेको यो दोस्रो पटक हो। यसअघि जुलाई २०१७ मा रेकर्ड १.२१ अर्ब पुगेको थियो।

रिपोर्टअनुसार भारतीय टेल्को रिलायन्स जियोको वायरलेस सेग्मेन्टमा बढ्दै गएको छ। कम्पनीले अप्रिलमा २६.८ लाख नयाँ ग्राहक थपेको छ। योसँगै रिलायन्स जियोका कुल ग्राहक ४७.२४ करोड पुगेका छन्।

भारतीय दूरसंचार नियामक प्राधिकरण (ट्राई) को तथ्याङ्क अनुसार, भारती एयरटेलले अप्रिलमा लगभग ७ लाख ५२ हजार नयाँ ग्राहकहरू बढायो। यो दोस्रो ठूलो टेलिकम कम्पनीको कुल ग्राहक संख्या करिब २६.७५ करोड पुगेको छ।

तर, सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले १२ लाखभन्दा बढी ग्राहक गुमाएको छ। यस बाहेक, अप्रिलमा भोडाफोन आइडियाका ग्राहकहरूमा लगभग ७ लाख ३५ हजारको कमी आएको छ।

अप्रिलमा वायरलाइन खण्डमा ग्राहकहरूको संख्या बढेर लगभग ३.४२ करोड पुगेको छ। यस खण्डमा पनि, रिलायन्स जियोले अधिकतम ३ लाख ६० हजार नयाँ ग्राहकहरू पाएको छ।

भारतीय सरकारको टेलिकम अपरेटर बीएसएनएलको ग्राहक संख्या घट्नुमा कम्पनीसँग देशभर फोरजी सेवा नहुनु रहेको बताईएको छ। यस्तै भोडाफोनले भने ५जी सेवा संचालन गर्न नसक्नु ग्राहक गुमाउनुको कारण रहेको छ।

बीएसएनएलले निजी टेलिकम कम्पनीहरूसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। भारती एयरटेल र रिलायन्स जियो जस्ता ठूला निजी दूरसञ्चार कम्पनीहरूले देशभर आफ्नो ५जी नेटवर्क सुरु गरेका छन्। जसका कारण यी कम्पनीका ग्राहक संख्या पनि बढ्दै गएको छ।

प्रकाशित: १० असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार