फेरारीको पहिलो इलेक्ट्रिक कार सन् २०२५ मा रिलीज हुने, उच्च मूल्यका साथ आउने

  • Technology Khabar | १० असार २०८१, सोमबार
फेरारीको पहिलो इलेक्ट्रिक कार सन् २०२५ मा रिलीज हुने, उच्च मूल्यका साथ आउने

काठमाडौं ।

फेरारी आफ्नो पहिलो इलेक्ट्रिक कारको बारेमा हालसम्म कुनै जानकारी दिएको छैन। यद्यपि उक्त ईभी भारी मूल्य ट्याग (लगभग ५ लाख ३७ हजार अमेरिकी डलर )को साथ सन् २०२५ को अन्त्यमा रिलीज र डेलिभरीहरू २०२६ सम्म हुनसक्ने बताईएको छ।

यसलाई एक्सक्लुसिभ (विशेष) राख्नको लागि सीमित उत्पादन गरिने जानकारी बाहिरिएको छ। यसका साथै, दोस्रो इलेक्ट्रिक फेरारी यसअघि नै काममा रहेको भन्ने चर्चा समेत चलेको छ।

फेरारीको नयाँ प्लान्टको उत्पादन क्षमतामा वृद्धि हुने संकेत

विद्युतीय युगमा ब्रान्डको ध्यान भने आफ्नो पहिचान कायम राख्ने कुरामा केन्द्रित गरिएको जनाइएको छ। फेरारीले ईभीको लागि “अथेन्टिक साउण्ड” को प्रतिज्ञा गरेको र आफ्नो सिग्नेचर एक्सक्लुसिभिटीमा प्रभावलाई सीमित गर्ने लक्ष्य राखेको छ।

त्यसैगरी उत्पादन संख्या वार्षिक २०,००० को हाराहारीमा सीमित हुने अपेक्षा गरिएको छ भने सन् २०२६ सम्ममा इलेक्ट्रिक भेहिकलले फेरारीको बिक्रीको ५ प्रतिशत हिस्सा बनाउने प्रक्षेपण गरिएको छ। यो संख्या सन् २०३० सम्ममा ४० प्रतिशतले बढ्ने उल्लेख छ।

विद्युतीकरणतर्फको यो परिवर्तन मारानेल्लोमा नयाँ कारखानाको उद्घाटनसँगै आएको हो छ। पुरोसाङ्गवे (पुरोसांगवे) एसयूभी सफल भएतापनि फेरारी एसयूभी ब्रान्ड मात्रै नबनोस् भन्ने कुरामा पनि सचेत रहेको उल्लेख छ।

रोअरिङ्ग भी१२ र साइलेन्ट इलेक्ट्रिक इन्जिन लाइनअपका साथ फेरारीको भविष्य परम्परा र इन्नोभेसन बीचको सन्तुलन जस्तो देखिने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १० असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Indonesia tightens rules for foreign satellite services

  • Technology Khabar
  • १० असार २०८१, सोमबार