Technology Khabar ६ असार २०८१, बिहीबार
काठमाडौं ।
एप्पलले गत हप्ता एप्पल डेभलपरमा आईओएस १८ बिटा रिलीज नोटहरू साझा गर्यो। यसले फेसटाइम, सिरी र वालेट एपमा केही परिवर्तनहरूको खुलासा गरेको छ।
एप्पल डेभलपर प्रोग्रामका सदस्यहरूका लागि आईओएस १८ हाल बिटामा उपलब्ध छ र सार्वजनिक बिटा संस्करण जुलाईमा जारी हुनेछ। साथै कम्पनीले अपडेटलाई सेप्टेम्बरमा ठूलो मात्रामा रिलीज गर्न सक्नेछ। यसको एसडीके एक्सकोड १६ सँग बन्डलमा आउने र म्याक एप स्टोरबाट उपलब्ध हुने उल्लेख गरिएको छ।
आईओएस १८ बिटले प्रदान गर्ने प्रमुख इम्प्रूभमेन्ट (सुधार) हरू यस अनुसार रहेका छन्ः
सिरीमा अडियो इन्हान्समेन्ट
आईओएस १८ मा नयाँ सेटिङ समावेश गरिएको छ जसले “महत्त्वपूर्ण रूपमा” सिरीको अडियो गुणस्तरलाई ब्लुटुथ कार डिभाइसहरूमा कारप्ले बिना सुधार गर्न सक्ने एप्पलले जनाएको छ।
नयाँ विकल्पलाई सिरी (सिरी रेसपोन्सेस) “रेसपोन्स ओभर मिडिया सोर्स” अन्तर्गत सेटिङ एपमा फेला पार्न सकिने जनाइएको छ। साथै “सिरीले ए२डीपी कार स्टेरियोहरूमा रेसपोन्ड (प्रतिक्रिया) गर्नेछ, जुन तपाईंको फोनबाट मिडिया सुन्दा आईडीयल हो” भनि सेटिङको विवरणले बताएको छ।
फेसटाइममा सुधारह
सुधारिएको भिडियो कल गुणस्तरको लागि, नेटवर्क अवस्था राम्रो हुँदा फेसटाइमले आईओएस १८ मा लो (कम) पावर मोडमा थप डाटा प्रयोग गर्ने एप्पलले उल्लेख गरेको छ।
वालेट एपमा सेक्योरिटी इम्प्रूभमेन्ट (सुरक्षा सुधार)
जब प्रयोगकर्ताहरूले आईफोनमा वालेट एपमा आईडी थप्छन्, यसले अब प्रयोगकर्तालाई टाउको र अनुहारको चालहरूको सिरिजको सट्टा वा संयोजनमा लाइभ फोटो लिनका लागि सोध्न सक्छ। एप्पलका अनुसार डकुमेन्ट थप्ने व्यक्ति वास्तविक र वैध व्यक्ति हो भनी सुनिश्चित गर्न डिभाइसले लाइभ फोटोको मूल्याङ्कन गर्नेछ।
एप्पलले पहिलो पटक सन् २०२१ मा वालेट एपमा ड्राइभर इजाजतपत्र वा आईडी थप्ने क्षमताको घोषणा गरेको थियो। यद्यपि, हालसम्म केवल चार अमेरिकी राज्यहरू (एरिजोना, मेरील्याण्ड, कोलोराडो र जर्जिया) मा यो सुविधा रोल आउट भएका छन्।
फिचर (सुविधा) ले चयन गरिएका एयरपोर्टहरू, व्यवसायहरू र स्थानहरूमा पहिचान वा उमेरको प्रमाण देखाउनको लागि सुविधाजनक, सम्पर्करहित तरिका उपलब्ध गराउने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ६ असार २०८१, बिहीबार