Technology Khabar ६ असार २०८१, बिहीबार
काठमाडौं ।
गुगलले मंगलबार आफ्नो जेमिनी सेवा विस्तारको घोषणा गरेको छ। जेमिनी एडभान्स्ड सँगसँगै यो एप अब भारतका साथै बंगलादेश, पाकिस्तान, श्रीलंका र टर्कीमा उपलब्ध हुने भएको छ।
सामान्यतया सन्देशहरू सिर्जना गर्न वा आईडियाहरू ब्रेनस्टार्मिङ गर्न प्रयोग गरिने मेसेजेसहरूका लागि जेमिनी च्याटबोट, अब पिक्सेल वा सामसङ ग्यालेक्सी स्मार्टफोनहरू बाहेक अन्य थप डिभाइसहरूका लागि पनि उपलब्ध हुनेछ। सपोर्ट पेजकाअनुसार, ६ जीबी र्याम वा माथिको कुनै पनि फोनले एप प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।
च्याटबोट, क्यानडामा फ्रेन्चमा र चयन गरिएका देशहरूमा अंग्रेजीमा उपलब्ध छ। मेसेजेसमा जेमिनी हाल १६५ भन्दा बढी क्षेत्रहरूमा उपलब्ध भए तापनि ईयू देशहरूमा भने यो उपलब्ध नभएको जनाइएको छ। साथै गुगलले प्रयोगकर्ताहरूका लागि थप भाषा र ठाउँहरूमा प्लेटफर्म जारी गर्ने वाचा गरेको थप उल्लेख छ।
गुगलले भारतमा “बलियो मोबाइल फर्स्ट–कल्चर दिँदै” आफ्नो सेवा विस्तार गर्न पाउँदा “विशेष रूपमा उत्साहित” भएको बताएको छ। त्यहाँ अंग्रेजीका साथै हिन्दी, बंगाली, गुजराती, कन्नड, मलयाम, मराठी, तमिल, तेलुगु, र उर्दू गरी ९ ओटा भारतीय भाषाहरूको लागि समर्थन रहेको जनाइएको छ।
प्रकाशित: ६ असार २०८१, बिहीबार