Technology Khabar ५ असार २०८१, बुधबार
काठमाडौं ।
विश्वको सबैभन्दा ठूलो एक्रिलिक स्फेयरको निर्माण कार्य अब पूरा हुने चरणको साथ अब चीनको जियाङमेन अण्डरग्राउन्ड न्युट्रिनो अब्जर्भेटरी (जेयूएनओ) एक प्रमुख कोसेढुङ्गा नजिक पुगेको छ। यो विशाल संरचनाले ब्रह्माण्डको बारेमा रहस्यहरू राख्ने उप–पारमाणविक कणहरू, न्यूट्रिनो कब्जा गर्न र विश्लेषण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
एक्रिलिक स्फेयरको व्यास प्रभावशाली रुपमा ३५.४ मिटर रहेको र यसले १२ मिटरको अघिल्लो रेकर्डलाई पछि पार्ने उल्लेख गरिएको छ। जियाङसु प्रान्तको ताइझोउमा आधारित डोनच्याम्प (जियाङसु) मटेरियल टेक्नोलोजी कम्पनी लिमिटेडले यस विशाल स्फेयरको विकास र निर्माण गरेको हो।
यो स्फेयर ईन्जिनियरिङको एक चमत्कार भएको र यसलाई सावधानीपूर्वक २६३ ओटा ठूला स्फेरिकल प्यानलहरूबाट निर्माण गरिएको जनाइएको छ। प्रत्येक प्यानलहरू १२ सेन्टिमिटर बाक्लो रहेको उल्लेख गरिएको छ।
डोनचेम्पका ५० कामदारको टोलीले हाल जुलाईको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेर स्थापना प्रक्रियालाई अन्तिम रूप दिइरहेको छ।
जेयूएनओ अब्जर्भेटरी गुआंगडोङ प्रान्तको जियाङमेनमा ७०० मिटर भूमिगत रहेको छ। यो गहिरो स्थानले प्रयोगलाई पृष्ठभूमिको विकिरणबाट जोगाउने र न्यूट्रिनोहरु थप सटीक रुपमा पत्ता लगाउन अनुमति दिने उल्लेख छ।
एकपटक सञ्चालनमा आएपछि, जेयूएनओ ले २०,००० मेट्रिक टन तरल सिन्टिलेटर समावेश गर्न एक्रिलिक स्फेयरको प्रयोग गर्नेछ। यो विशेष तरल पदार्थले न्यूट्रिनोद्वारा प्रहार गर्दा प्रकाश उत्सर्जन गर्नेछ, जसले अब्जर्भेटरीको ४५,००० फोटोमल्टीप्लायर ट्यूबहरूलाई यी इलुसिभ पार्टिकल्स (मायावी कणहरू) पत्ता लगाउन र रेकर्ड गर्नका लागि अनुमति दिनेछ।
न्युट्रिनोसको अध्ययन गरेर, वैज्ञानिकहरूले ब्रह्माण्डको विकास, डार्क म्याटरको प्रकृति र विस्फोट गर्ने ताराहरू, सुपरनोभाहरूलाई शक्ति दिने प्रक्रियाहरूबारे गहिरो बुझाइ प्राप्त गर्ने आशा राख्छन् ।
विशाल एक्रिलिक स्फेयर पूरा भएपछि, जेयूएनओ न्यूट्रिनो अनुसन्धानको क्षेत्रमा अग्रणी फ्यासिलिटी बन्न तयार भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ असार २०८१, बुधबार