Technology Khabar ४ असार २०८१, मंगलवार
काठमाडौं ।
नासाका इन्जिनियरहरूले लामो समयदेखि चलिरहेको भोइजर १ स्पेस प्रोब (अन्तरिक्ष यान) लाई करिब सात महिनाको प्राविधिक कठिनाइपछि पूर्ण रूपमा काममा फर्काउन सफल भएका छन्।
पृथ्वीबाट १५ अर्ब माइल भन्दा बढीको दुरीमा रहेको अन्तरिक्ष यानले नोभेम्बर २०२३ मा अनौठो र अनरिडेबल (पढ्न नसकिने) डाटा फिर्ता पठाउन थालेको र त्यसै समयदेखि टोलीले यस समस्याको जरासम्म पुग्नका लागि काम गरिरहेको थियो।
भोयजर १ ले कमाण्ड राम्रो किसिमले लिएको र कार्यान्वयन गरिरहेको जस्तो देखिएतापनि, यसले सो अवधिमा पृथ्वीमा पठाएको कुनै पनि विज्ञान र ईन्जिनियरिङ डाटा अर्थपूर्ण नभएको उल्लेख छ।
अप्रिलमा, टोलीले यानको फ्लाइट डाटा सबसिस्टम (एफडीएस) कम्प्युटरमा केही करप्टेड मेमोरीको समस्या पत्ता लगायो र त्यसपछि विज्ञान डाटा पठाउने दुईवटा इन्स्ट्रुमेन्टहरु प्राप्त गर्न सफल भएको छ। अब भने, भोयजर १ को सबै चारओटा इन्स्ट्रुमेन्टहरूले पढ्न योग्य डाटा पठाउन थालेका नासाले बताएको छ।
भोयजर १ लाई सन् १९७७ मा लन्च गरिएको भएपनि, यो अझै पनि आफ्नो क्षमताका साथ अघि बढि रहेको छ। साथै अब, यसले सिधै इन्टरस्टेलर स्पेसको अध्ययन गरेर आफ्नो कर्तव्यहरू पुनः सुरु गर्न सक्ने इनग्याजेटले रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: ४ असार २०८१, मंगलवार