हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिँदै नम्बर प्लेट उपलब्ध गराउन सांसद लिङ्देनको माग

  • Technology Khabar | २ असार २०८१, आईतवार
हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिँदै नम्बर प्लेट उपलब्ध गराउन सांसद लिङ्देनको माग
काठमाडौँ, २ असार ः संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीसम्बन्धी आफ्नो धारणा राख्दै रास्वपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङदेन । तस्बिर ः रत्न श्रेष्ठ ÷ रासस

काठमाडौं ।

राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले हाइड्रोजनको कुरा बजेटमा जोड दिएर नआएको बताए। पूर्व उर्जा मन्त्री समेत रहेका उनले अहिले हाइड्रोजनको परीक्षण उत्पादन समेत भईसकेको बताए।

यसका साथै उनले हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिन माग गर्दै नेपाललाई हाइड्रोजन युगमा लान आग्रह गरेका छन्।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बजेटसम्बन्धित छलफलमा बोल्दै उनले काठमाडौं विश्वविद्यालयले हाइड्रोजन उत्पादन गरेर गाडीनै चलाएर देखाईसकेको बताएका हुन्।

‘हाम्रो ऊर्जा यहाँ खर्च गर्न सकिन्छ भनेर हाम्रा वैज्ञानिकहरुले काठमाडौं विश्वविद्यालयमा देखाइसके’ सांसद लिङ्देनले भने, ‘त्यो हाइड्रोजन गाडीलाई नम्बर प्लेट लगाइदिने कामसमेत हाम्रो सरकारले गर्न सकेको छैन। उनीहरूले कम्पाउण्ड भित्रै त्यो गाडी गुडाइरहेका छन्,’ उनले भने।

सांसद लिङ्देनले ईभी गाडीसरह हाइड्रोजन गाडीलाई इभी गाडी सरह मान्यता दिने भनेर एउटा सानो टिप्पणी उठाएर एकै दिनमा निर्णय गर्न सकिने सुझाब दिए।

उनले हाइड्रोजन गाडी महंगो हुन्छ भनेर भ्रम सिर्जना गरिएको भन्दै, कसरी सस्तो बनाउन सकिन्छ भनेर छलफल सुरु गर्नुपर्ने बताए।

‘हाम्रो बिजुली र हाम्रो सस्तो पानीबाट कसरी हाइड्रोजन उत्पादन गर्न सकिन्छ भनेर छलफल गर्नुपर्यो। सस्तो हाइड्रोजन नेपालमा उत्पादन गर्न सकिन्छ।’ उनले भने।

प्रकाशित: २ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया