लर्डबुद्धका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

  • Technology Khabar | २ असार २०८१, आईतवार

काठमाडौं ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन्।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन्।

जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत हुन्।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको जनाएको छ।

प्रकाशित: २ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया