मिति कन्भर्ट गर्ने प्लगइनका कारण अधिकांश नेपाली वेबसाइटमा गते परिवर्तन

  • Technology Khabar | ३२ जेष्ठ २०८१, शुक्रबार
मिति कन्भर्ट गर्ने प्लगइनका कारण अधिकांश नेपाली वेबसाइटमा गते परिवर्तन

काठमाडौं ।

नेपाली र अंग्रेजी मिति कन्भर्ट गर्ने प्लगइनमा समस्या हुँदा एक दिन अगाडि भएर आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ।

नेपालका समाचार साइटका साथसाथै सरकारी निकायका साइटहरु लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ।जबकी आज जेठ ३२ गते हो।

टेक्नोलोजीखबरका प्राविधिक कन्स्ल्ट्यान्ट सुरज बज्राचार्यले यो समस्या प्लगइनका कारण आएको बताए।

“अधिकांश वेबसाइटहरुमा आज असार १ गते देखिनुमा प्लगइनको समस्या हो,” उनले भने, “३२ दिनको महिना निकै कम हुने हुँदा यो अङ्ग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने प्लगइनका कारण यस्तो भएको हो।”

अङ्ग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो । जसमा कुनै समस्या रहेको देखिँदैन्।

बज्राचार्यकाअनुसार यसलाई म्यानुअल्ली रुपमा मितिलाई मिलाएर समस्या समाधान गर्न सकिन्छ।

प्रकाशित: ३२ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार