साइबर अपराधको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई ५ दिन थुनामा राख्‍न अनुमति

  • Technology Khabar | २९ जेष्ठ २०८१, मंगलवार
साइबर अपराधको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई ५ दिन थुनामा राख्‍न अनुमति

काठमाडौं ।

साइबर अपराधको कसूरमा पक्राउ परेकी शोभा पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

एक महिलाको चरित्र हत्या गरेको आरोपसहित पाठकविरुद्ध उजुरी परेको थियो। सो क्रममा साइबर ब्यूरोको टोलीले उनलाई पुल्चोकबाट पक्राउ गरेको थियो।

विद्युतीय माध्यमको प्रयोग गरी चरित्र हत्या गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पाठकले यसअघि एमाले नेता महेश बस्नेतले आफूमाथि बलात्कार गरेको भन्दै हुलाकमार्फत जाहेरी दर्ता गराएकी थिइन्।

त्यसैगरी आफूलाई अभियन्ता दाबी गर्ने तारा बराल पनि एक सातादेखि साइबर ब्यूरोको हिरासतमा छिन्। उनले पनि एक महिलाको चरित्र हत्या गरेको आरोप लागेको छ ।

प्रकाशित: २९ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

E-commerce platform Chynabazar launched: Direct access from manufacturers to consumers with experience stores

  • Technology Khabar
  • २९ जेष्ठ २०८१, मंगलवार