ताजा समाचार

भुक्तानी सेवा प्रदायक ‘पेवल नेपाल’ र ‘सजिलो पे’ का ६ कर्मचारी ६ दिन थुनामा राख्न अदालतको अनुमति

Global IME Bank

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल’ र ‘सजिलो पे’ का ६ कर्मचारीलाई ६ दिन थुनामा रहने भएका छन्।

जिल्ला अदालत काठमाडौँले सुन तस्करीमा समेत कनेक्सन देखिएका दुई ओटा कम्पनीका कर्मचारीहरुलाई थुनामा राख्न आइतबार आदेश दिएको हो।

शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ परेका थिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीकाअनुसार, पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा थिए।

६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानको क्रममा यी दुई भुक्तानी सेवा प्रदायक जोडिएको सीआईबीले जनाएको छ।

सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको आशंका छ।

यसअघि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पनीको बैंक खाता रोक्का गरेको थियो।

Sajilo Visa
easy care