Technology Khabar २७ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
अहिले आईसीसी टी–२० वर्ल्डकप चलिरहेको छर यसको चर्चा व्यापक रुपमा रहेको छ। क्रिकेटको सबैभन्दा छोटो ढाँचाको यो विश्वकप गत जुन २ तारिखदेखि सुरु भएर आगामी जुन २९ तारिखमा समाप्त हुनेछ।
नेपाल समेत सहभागी प्रतियोगिताको ९औँ संस्करण हाल संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले सह–आयोजना गरिरहेका छन्। लगभग एक महिना लामो अवधिको रहेको यो प्रतियोगितामा ५५ ओटा खेलहरू समावेश गर्दछ।
यसले विश्वभरका क्रिकेट फ्यानहरूलाई एक महिनाको रोमाञ्चक र असाधारण खेलहरू प्रत्यक्षरुपमा दैनिक हेर्ने सुनिश्चित गर्दछ।
आईसीसी टी-२० वर्ल्ड कप २०२४ संसारभर कहाँ हेर्ने
आईसीसी टी-२० वर्ल्डकप २०२४ प्रमुख स्पोर्ट्स नेटवर्कहरूमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिन्छ। साथै आजको डिजिटल युगमा, अनलाइन स्ट्रिमिङ प्लेटफर्महरूमा पनि हेर्न सकिने छ। तर अनलाइन स्ट्रिमिङ प्लेटफर्महरू भन्नुको अर्थ पाइरेटेड स्ट्रिमिङ साइट भने होइन्।
आईसीसीले सम्पूर्ण टी२० वर्ल्ड कपलाई आईसीसी डट टिभीमा प्रत्यक्ष र निःशुल्क प्रसारण गर्दैछ। साथै यसको आधिकारिक टी ट्वान्टी वर्ल्डकप एपमा विश्वका ८० भन्दा बढी क्षेत्रहरूमा उपलब्ध रहेको छ। यस लेखमा, विश्वभरका खेलहरू हेर्न सकिने प्रसारणकर्ताहरू र स्ट्रिमिङ प्लेटफर्महरूको सूचीलाई तयार पारिएको छ।
भारत
भारतका क्रिकेट फ्यानहरूले स्टार स्पोर्ट्स नेटवर्कमा टी२० वर्ल्डकपका सबै लाइभ एक्शनहरू हेर्न सक्नेछन्। यसमा स्टार स्पोर्ट्स १, स्टार स्पोर्ट्स १ एचडी, स्टार सेलेक्ट २, स्टार सेलेक्ट २ एचडी, स्टार स्पोर्ट्स १, स्टार स्पोर्ट्स २, स्टार स्पोर्ट्स ३, स्टार स्पोर्ट्स फर्स्ट, स्टार स्पोर्ट्स १ तमिल, स्टार स्पोर्ट्स १ तमिल एचडी, स्टार स्पोर्ट्स १ तेलुगु, स्टार स्पोर्ट्स १ तेलुगु एचडी, मा गोल्ड, स्टार स्पोर्ट्स १ र स्टार सुवर्ण प्लस एसडी समावेश रहेका छन्।
माथि उल्लिखित टिभी प्रसारणको साथसाथै, ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारले पनि आईसीसी टी२० वर्ल्ड कप २०२४ को लागि स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ। साथै यसबाट मोबाइलमा निःशुल्क स्ट्रिम गर्न सकिने भए तापनि गुणस्तर भने ७२०पी मा सीमित रहने जनाइएको छ। यद्यपि राम्रो–गुणस्तरको स्ट्रिमहरूका लागि उच्च योजनाहरूको सदस्यता लिनुपर्ने उल्लेख गरिएको छ।
स्मरण रहोस् नेपालमा पनि भारतमा प्रशारण हुने अधिकांश टिभी च्यानल तथा एपहरु उपलब्ध रहेका छन्। नेपालमा आईसीसीको एपबाट पनि निशुल्क क्रिकेट वर्ल्डकप हेर्न सकिनेछ।
इङ्गल्याण्ड
इङ्गल्याण्डमा भएका क्रिकेट फ्यानहरूले स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट र स्काई स्पोर्ट्स एक्शनमा आईसीसी टी–२० वर्ल्डकप हेर्न सक्नेछन्। त्यसैगरी यो टूर्नामेन्ट (प्रतियोगिता) स्काईगो, नाउ र स्काई स्पोर्ट्स एपमा पनि प्रत्यक्ष प्रसारण गर्न सकिने उल्लेख गरिएको छ।
अष्ट्रेलिया र न्यूजील्याण्ड
डाउन अन्डरमा, आईसीसीले यस वर्षको टूर्नामेन्ट प्राइम भिडियोमा स्ट्रिम गर्न अमेजन सँग सम्झौता गरेको छ। यसैबीच, न्यूजील्याण्डका लागि स्काई स्पोर्ट्स आधिकारिक प्रसारणकर्ता भएको जनाइएको छ।
अमेरिका, क्यानडा र वेस्ट इन्डिज
अमेरिकामा भएर पनि स्टेडियम टिकटहरूमा पहुँच नभएका र घरमै बसेर आरामले खेलहरू हेर्न चाहने क्रिकेट फ्यानहरूका लागि विलोटिभीले यस टूर्नामेन्टको सबै स्ट्रिमिङहरु प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ। आयोजक राष्ट्रसँगै छिमेकी क्यानडामा पनि यही प्लेटफर्म प्रयोग गर्न सकिने थप उल्लेख छ।
त्यसैगरी वेस्ट इन्डिजले पनि वर्ल्डकपका महत्वपूर्ण नकआउट चरण सहितका खेलहरु आयोजना गरिरहेको छ । क्यारिबियनका फ्यानहरूले खेलहरू ईएसपीएन क्यारिबियनका साथै ईएसपीएन प्ले क्यारिबियन एपमा हेर्न सक्नेछन्।
पाकिस्तान र श्रीलंका
पाकिस्तानमा एपीटिभी र टेन स्पोर्ट्स ९औँ संस्करणको टी–२० वर्ल्डकपको प्रसारणकर्ता हुन्। यसलाई माइको र तमाशा एप्समार्फत डिजिटल रूपमा हेर्न सकिने जनाइएको छ। श्रीलंकामा भने टिभी१, सिरसा र शक्ति टिभी मार्फत प्रतियोगिता कभर हुनेछन्।
दक्षिण अफ्रिका र यूएई
दक्षिण अफ्रिका, नामिबिया र युगान्डाले सुपरस्पोर्ट र यसको एपमार्फत लाइभ एक्शन समात्न सक्नेछन्। यो दक्षिण अफ्रिका र ५२ उप–सहारा अफ्रिकी क्षेत्रहरूमा उपलब्ध रहेको उल्लेख गरिएको छ। यसैबीच, यूएई र मध्य–पूर्व क्षेत्रहरूमा क्रिकेट प्रशंसकहरूले स्टार्जप्लेमा प्रत्यक्ष प्रसारण हेर्न सक्छन् भने यूएईमा क्रिकलाइफ म्याक्स र क्रिकलाइफ म्याक्स २ मा प्रसारण कभरेज हुने थप उल्लेख गरिएको छ।
प्रकाशित: २७ जेष्ठ २०८१, आईतवार