केहि समय अवरोध भएको इन्टरनेट सेवा पुनः संचालनमा आयो

  • Technology Khabar | २१ जेष्ठ २०८१, सोमबार
केहि समय अवरोध भएको इन्टरनेट सेवा पुनः संचालनमा आयो

काठमाडौं ।

देशभर इन्टरनेट सेवामा आएको समस्या समाधान भएको छ। हाल इन्टरनेट सेवा पुनः संचालन भएको र त्यसमा देखिएको अवरोध हटेको छ।

केहि समयअघि अधिकांश प्रयोगकर्ताहरुले सेवा रोकिएको वा सुस्त भएको सामाजिक संजालमार्फत गुनासो गरेका थिए।

करिब आधा घण्टा ठूला इन्टरनेट सेवा प्रदायकहरुको सेवा ठप्प जस्तै भएको थियो।

भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलको ब्याण्डविथमा समस्या आएको प्रारम्भिक अनुमान गरिएको बताईएको छ।

भायनेट कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष बिनय बोहराले बीरगंजतर्फबाट आउने ब्याण्डविथअन्तरगत एयरटेलको बोर्डर फाइबरमा समस्या आउँदा इन्टरनेट अवरोध भएको बताए।

तर हाल कनेक्सन जोडिएको र सेवा संचालन भएको उनले बताए।

“हामीलाई एयरटेलको केबुलमा समस्या आएको भनिएको थियो। त्यसैले करिब ५० प्रतिशत ब्याण्डविथ रोकिएको जस्तो थियो। अहिले फेरी सेवा पुनः संचालनमा आएको छ,” उनले टेक्नोलोजीखबरसँग भने, “पूर्णस्तरमा चल्न थप केहि समय लाग्न सक्ला।”

इन्टरनेट सेवा प्रदायकहरुका साथै मोबाइल अपरेटरहरुको इन्टरनेट सेवामा पनि आंशिक प्रभाव परेको बताईएको छ।

प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २१ जेष्ठ २०८१, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २१ जेष्ठ २०८१, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २१ जेष्ठ २०८१, सोमबार