एयरटेलको बीरगंज तर्फबाट आउने केबुलमा समस्या हुँदा इन्टरनेट ठप्प

  • Technology Khabar | २१ जेष्ठ २०८१, सोमबार
एयरटेलको बीरगंज तर्फबाट आउने केबुलमा समस्या हुँदा इन्टरनेट ठप्प

काठमाडौं ।

नेपालभर इन्टरनेट सेवामा समस्या आएको छ। अधिकांश प्रयोगकर्ताहरुले सेवा रोकिएको वा सुस्त भएको गुनासो गरेका छन्।

ठूला इन्टरनेट सेवा प्रदायकहरुको सेवा ठप्प जस्तै भएको छ। जसले गर्दा सेवामा अवरोध आएको हो।

भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलको ब्याण्डविथमा समस्या आएको प्रारम्भिक अनुमान गरिएको बताईएको छ।

भायनेट कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष बिनय बोहराले बीरगंजतर्फबाट आउने ब्याण्डविथअन्तरगत एयरटेलको बोर्डर फाइबरमा समस्या आउँदा इन्टरनेट अवरोध भएको बताए।

“हामीलाई एयरटेलको केबुलमा समस्या आएको भनिएको छ। त्यसैले करिब ५० प्रतिशत ब्याण्डविथ रोकिएको जस्तै छ। हामी हेर्दैछौं,” उनले भने।

हाल अधिकांश इन्टरनेट सेवा प्रदायकहरुका साथै एनसेल र नेपाल टेलिकमको सेवमा पनि आंशिक प्रभाव परेको देखिएको छ।

प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...