Technology Khabar १९ जेष्ठ २०८१, शनिबार
काठमाडौं ।
धनगढी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थित इन्टरनेट तथा केबल टिभीका तारहरु हटाउन थालेको छ।
नगरपालिकाले हाल हुलाकी सडक खण्ड मनेहरा क्षेत्रका दुवै तर्फबाट तारहरुको व्यवस्थापन भईरहेको नगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिएका छन् ।
उनकाअनुसार सेवा प्रदायकहरुसँगको छलफल र बैठकबाट सो तार व्यवस्थापनगर्न लागिएको हो।
उनले सामाजिक संजाल एक्समा पोस्ट गरेअनुसार निर्णय भए बमोजिम धनगढी क्षेत्रमा आगलागी एवं विपद जोखिमबाट बच्न जथाभावी र अनावश्यक राखिएका तारहरू हटाई व्यवस्थित गरिदैँछ।
प्रकाशित: १९ जेष्ठ २०८१, शनिबार