धनगढी नगरपालिकाले अव्यवस्थित इन्टरनेट तथा केबल टिभीका तारहरु हटाउँदै

  • Technology Khabar | १९ जेष्ठ २०८१, शनिबार
धनगढी नगरपालिकाले अव्यवस्थित इन्टरनेट तथा केबल टिभीका तारहरु हटाउँदै
धनगढीमा तार व्यवस्थापन गर्दै वर्ल्डलिंकका कर्मचारीहरु। फाइल तस्बिर

काठमाडौं ।

धनगढी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थित इन्टरनेट तथा केबल टिभीका तारहरु हटाउन थालेको छ।

नगरपालिकाले हाल हुलाकी सडक खण्ड मनेहरा क्षेत्रका दुवै तर्फबाट तारहरुको व्यवस्थापन भईरहेको नगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिएका छन् ।

उनकाअनुसार सेवा प्रदायकहरुसँगको छलफल र बैठकबाट सो तार व्यवस्थापनगर्न लागिएको हो।

उनले सामाजिक संजाल एक्समा पोस्ट गरेअनुसार निर्णय भए बमोजिम धनगढी क्षेत्रमा आगलागी एवं विपद जोखिमबाट बच्न जथाभावी र अनावश्यक राखिएका तारहरू हटाई व्यवस्थित गरिदैँछ।

प्रकाशित: १९ जेष्ठ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १९ जेष्ठ २०८१, शनिबार