
काठमाडौं ।
काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Samsung Galaxy Note 9) ५१२ जीबी र्यामसहित आउने भएको छ । सामसंगले यो स्मार्टफोन यहि महिनाको अगस्टमा सार्वजनिक गर्ने तयारी गरीरहेको रिपोर्टहरुका बीच कम्पनीले ५१२ जीबीको आन्तरिक स्टोरेजसहित फोन लन्च गर्ने योजना राखेको समाचार अाएको हो ।
हाल सामसंगले आफ्ना स्मार्टफोनहरु अधिकतम २५६ जीबी स्टोरेजसहित सार्वजनिक गर्ने गरेको छ भने अधिकांश स्मार्टफोन पनि २५६ जीबीसम्म अधिकतम स्टोरेज हुने गरेको छ ।
तर ग्यालेक्सी नोट नाइनमा भने ५१२ जीबी स्टोरेज हुने बताईएको छ, जून अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज भएको स्मार्टफोनको रुपमा हुनेछ ।
सामसंगले ५१२ जीबी स्टोरेज ल्याएपनि यो सिमित बजारमा मात्र उपलब्ध हुने अनुमान गरिएको छ । विशेषगरि ५१२ जीबी भेरिएन्टलाई दक्षिण कोरिया र चीनमा मात्र सार्वजनिक गरिने अनुमान छ ।
यसअघि नै कम्पनीले ५१२ जीबीको यूएफएस चीप्स उत्पादन शुरु गरिसकेको छ ।
सामसंग ग्यालेक्सी नोट नाइन ५१२ जीबी भेरिएन्टको मूल्य निकै महंगो हुने अनुमान समेत गरिएको छ।
यसका साथै सो फोनमा ८ जीबीको र्याम हुनसक्नेछ जबकी गत वर्ष कम्पनीले नोट लाइनअपमा ६ जीबी र्याम प्रयोग गरिसकेको थियो ।
यसैबीच सामसंग ५१२ जीबी स्टोरेजसहितको नोट नाइन कोरियाको एक वेबसाइटमा लिस्टेड भएको भेटिएको छ ।
प्रकाशित: ४ असार २०७५, सोमबार